English

अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)



राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड बिस्तारले तीव्रता पाएको छ ।

२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको यो राजमार्ग करिव ६० वर्षपछि फराकिलो बन्न लागेको हो । उक्त सडकखण्डलाई दुई खण्डमा विभाजन गरी बिस्तार गर्न लागिएको छ । नारायणगढदेखि दाउन्नेसम्म खण्ड एक र दाउन्नेदेखि बुटवलसम्म खण्ड दुई गरी १ सय १४ किलोमिटर सडक फराकिलो बन्न लागेको हो ।

जस अन्तर्गत बरघाट, सुनवल र बुटवल ६ लेनको बन्ने छ, जंगलको भाग ४ लेन र दाउन्नेमा ३ लेनको सडक बिस्तार हुने आयोजनाले जनाएको छ । सडक बिस्तारको ठेक्का चाइनिज कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले लिएको छ ।

करिव १७ अर्ब रुपैयाँ लागतमा बिस्तार भइरहेको यो सडक सम्पन्न भइसकेपछि डेढ घण्टामै बुटवलबाट नारायणगढ यात्रा गर्न सकिन्छ । हाल यस सडकखण्ड पार गर्न करिव तीन घण्टा लाग्ने गरेको आयोजनाका इन्जिनियर शान्तिराम दाहालले बताए ।

सडक फराकिलो बन्दैछ’, उनले भने, ‘३ घण्टाको बाटो डेढ घण्टामै पार गरिन्छ’। उनकाअनुसार खण्ड २ अन्तर्गत पर्ने बुटवल दाउन्नेसम्म ७ प्रतिशत काम सकिएको छ ।

3

तस्बिर: राजकुमार श्रेष्ठ

यो पनि पढ्नुहोस्

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)

निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested