English

यसरी बनाउनुस् गुन्द्रुकको मीठो अचार



नेपाली भान्सा पाइने चर्चित परिकार हो – गुन्द्रुक । यसलाई तरकारी या अचारको रुपमा बनाएर खान सकिन्छ । रायो, तोरी, मुला आदिको सागबाट गुन्द्रुक तयार गरिन्छ । आज यहाँ गुन्द्रुकको मीठो अचार कसरी बनाउने भन्ने बारेमा चर्चा गरिएको छ ।

आवश्यक सामाग्री

–एक कप गुन्द्रुक

–आधा कप हरियो प्याज

–सानो अदुवा र एक पोटी लसुन काटेको

–१ चम्चा जीरा भुटेको

–ठुलो उमालेको वा पोलेको टमाटर

–स्वाद अनुसार भुटेको रातो खुर्सानी

–आधा कप हरियो धनियाँ काटेको

–नुन स्वाद अनुसार

–तेल आवश्यकता अनुसार

–आधा चम्चा मेथीको दाना

–भाडा, सिलौटा

बनाउने विधि

–गुन्द्रुकलाई २० मिनेट तातो पानीले भिजाउनु होस् ।

–गुन्द्रुक भिज्दासम्म भुटेको जिरा, रातो खुर्सानी, लसुन, अदुवा र टमाटर पिस्ने ।

–२० मिनेट भिजेको गुन्द्रुक हातले मोल्ने ।

–गुन्द्रुक भाडामा राख्ने र काटेको हरियो प्याज, पिसेको जिरा, रातो खुर्सानी र टमाटर राख्ने ।

– तेल तताएर मेथी पड्काउने र बेसार राखेर झान्ने ।

– गुन्द्रुकमा सबै मसला लाग्ने गरी मोल्ने ।

–यसरी गुन्द्रुकको अचार तयार भयो । यसरी तयार भएको गुन्द्रुकको अचार खाना, रोटी, मकै, ढिँडोसँग खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
निषेधाज्ञामा झरीले रुझेको सुनसान काठमाडौं (फोटो फिचर)
यस्ता हुन्छन् ग्यास्ट्रिकका लक्षण, कसरी बच्ने ?
क्याप्टेन विजय लामाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested