English

क्याप्टेन विजय लामाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



क्याप्टेन विजय लामा पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । यस्तो बेलामा पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने क्याप्टेन लामाको सिफारिस यस्ता छन् :

अल्केमिस्ट

यो नोबल मैले पढेको पुस्तकहरु मध्ये एक उत्कृष्ट पुस्तक हो । पाउलो कोएल्होको यो पुस्तक विश्वभरीमा २० लाख भन्दा बढी बिक्री भएको छ । यस नोबलबाट हामी केही राम्रा कुरा सिक्न सक्छौं, हाम्रो हृदय सुन्ने, जीवनको मार्गमा फैलिएको सगुनहरू पढ्न सिक्ने अनि सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो सपना पछ्याउने । मान्छेहरुले आफ्नो सपनालाई टाढा खोजिरहेका हुन्छन् तर उसको सपना उस्कै नजिक हुन्छ भन्ने कुरा पुस्तकमा समावेश छ ।

द गड फादर

गडफादर अमेरिकी लेखक मारियो पुजेको उपन्यास हो । यसमा लेखिएको भाषा शैली एकदमै सरल छ । यो पनि पढ्नै पर्ने पुस्तकहरु मध्येको एक उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा एउटा सामान्य व्यक्तिले पनि अवसर पायो भने राम्रो काम गर्न सक्छ र व्यवसायमा संलग्न भएका व्यक्तिहरुले पनि राजनीति गर्न सक्छन् भन्ने कुरा देखाइएको छ ।

तुइन

सुरेश प्रञ्जलीको यो पुस्तक पनि मलाई मन पर्ने पुस्तक हो । तुइन शब्दबाटै यस पुस्तकको कथा बुझाउँछ । तुइन चढेर आउँदा जाँदाको पीडा । द्वन्दकालमा आमजनताहरुले पाएको दुःख पीडाको विषयमा यो पुस्तकमा एकदम राम्ररी व्याख्या गरिएको छ । यसमा प्रयोग भएको सरल भाषाले गर्दा सबै पाठकहरुले सजिलै बुझ्न सक्छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested