English

कालो, सेतो र पहेँलो ढुसीमा कुन बढी खतरनाक ? कसरी बच्ने ?



डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ

कोरोनाको भयावह अवस्थामा यतिबेला फेला परेको म्युकरमाइकोसिसले आममानिसमा चिन्ता थपेको छ । कोरोना संक्रमित वा संक्रमणमुक्त भएका व्यक्तिहरुमा यसका लक्षणहरु देखिन थालेका छन् ।

यसको संक्रमण नेपालमा केही दिनअघि देखिएको थियो । छिमेकी देश भारतमा कालो ढुसी (ब्ल्याक फंगस) का केसहरु लगातार बढीरहेका छन् । जसकारण भारतका विभिन्न राज्यमा यसलाई महामारी घोषणा गरिसकिएको छ ।

मधुमेह भएका बिरामीलाई कोरोना भयो भने इम्यूनिटी पावर कमजोर हुन्छ र ती मानिसहरुमा फंगस इन्फेक्सनको उच्च जोखिममा रहन्छन् ।

अहिले देखिरहेका ब्ल्याक, ह्वाइट र एल्लो फंगस बाहेक पनि अन्य फंगस इन्फेक्शन पनि हुन्छन् ? यो हुनुको कारण के हो ? यसमा सबैभन्दा धेरै खतरनाक कुन हुन्छ ? यसका लक्षण के हुन् ? कोरोना संक्रमितलाई फंगस डिजिजको खतरा किन धेरै छ ? र यसबाट कसरी बच्ने ? भन्ने बारे प्रष्ट पार्ने प्रयास गरिएको छ ।

कति प्रकारका हुन्छन् फंगस इन्फेक्सन ?

फंगस इन्फेक्शन विभिन्न किसिमका हुन्छन् । तर, विशेष गरी यो दुई प्रकारको हुन्छ, एउटा म्यूकरमाइकोसिस र अर्को एस्परगिलस । यसका रङ मात्रै फरक हुन् । यसमध्ये अधिकांश इन्फेक्सन हाम्रो वातावरणमा नै हुन्छन् । यसबाट धेरै खतरा हुँदैन, जस्तै फंगल नेल इन्फेक्शन, भेजाइनल, क्यान्डिडासिस, दाद, मुख र घाँटीमा हुने क्यान्डिडा इन्फेक्शन सबैभन्दा सामान्य फंगल इन्फेक्शन हो ।

तर, केही ढुसी धेरै संक्रामक हुन्छ जसले ज्यानै लिन पनि सक्छ । यद्यपि ब्ल्याक र ह्वाइट फंगस विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा हुन्छ । रोग प्रतिरोधात्मक क्षमता भएका एचआईभी, क्यान्सरका बिरामी अंग प्रत्यारोपण गरेका बिरामी र दीर्घरोगका बिरामीलाई यो इन्फेक्शनको खतरा हुन्छ । साथै, मधुमेह भएका बिरामीलाई कोरोना भयो भने इम्यूनिटी पावर कमजोर हुन्छ र ती मानिसहरुमा फंगस इन्फेक्सनको उच्च जोखिममा रहन्छन् ।

संक्रमण फैलिएको दरको हिसावले हेर्ने हो भने कालो भन्दा सेतो ढुसी धेरै संक्रामक छ । यो तीव्र गतिले फैलिन्छ । तर, मृत्युदरको हिसावमा हेर्ने हो भने ब्ल्याक फंगस धेरै डरलाग्दो छ । यसको संक्रमणबाट मानिसको निधन हुने सम्भावना ५४ प्रतिशत हुन्छ ।

अमेरिकी एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार कमजोर इम्यून सिस्टमका कारण एस्परजिलोसिस, सी नियोफ्राम्स इन्फेक्सन, न्यूमोसिस्टिम निमोनिया, म्यूकरमाइकोसिस (ब्ल्याक फंगस) र क्यान्डिडिआसिस (ह्वाइट फंगस) हुन्छ भनिएको छ ।

कालो, सेतो र पहेंलो ढुसीमा कुन धेरै खतरा ?

यदि सक्रमण फैलिएको दरको हिसावले हेर्ने हो भने कालो भन्दा सेतो ढुसी धेरै संक्रामक छ । यो तीव्र गतिले फैलिन्छ । तर, मृत्युदरको हिसावमा हेर्ने हो भने ब्ल्याक फंगस धेरै डरलाग्दो छ । यसको संक्रमणबाट मानिसको निधन हुने सम्भावना ५४ प्रतिशत हुन्छ । क्यान्डिडासिसका विभिन्न प्रकारमध्ये इन्वेसिभ क्यान्डिडा सबैभन्दा धेरै खतरनाक छ । यसबाट मानिसको निधन हुने सम्भावना २५ प्रतिशत रहेको सीडीसीको रिपोर्टमा उल्लेख छ । सीडीसीले ह्वाइट फंगसको एक प्रकार क्यान्डिडा औरिसलाई गम्भीर खतरा भनेको छ । यो इन्फेक्शन अधिकांश ती मानिसलाई हुन्छ, जो अस्पतालमा भर्ना भएका छन् ।

पहेँलो ढुसी अर्थात एलो फंगसबाट त्यति धेरै डराउनु र्पैन । यस किसिमका फंगस वातावरणमा पहिल्यैदेखि रहेका हुन्छन् । यसबाट ज्यान जानेको खतरा हुँदैन । त्यसैले यसबाट त्यति धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन ।

के कारणले फैलिँदै छ फंगस इन्फेक्सन ?

माटो, बिग्रिरहेको अर्गानिक पदार्थ र पुराना कुराहरुमा ढुसी पाइन्छ । अक्सिजन सिलिण्डर भित्र यदि दुषित पानी छ भने त्यसबाट पनि फंगस इन्फेक्शनको खतरा हुन्छ । जो मानिसको इम्यूनिटी कमजोर हुन्छ, उनीहरुलाई यसको खतरा धेरै हुन्छ ।

फंगस इन्फेक्सनका लक्षण

ब्ल्याक फंगस अर्थात कालो ढुसीको संक्रमण भयो भने नाक बन्द हुने, टाउको दुख्ने, नाकबाट रगत वा कालो पदार्थ आउने, नाकको वरपर कालो धब्बा जस्तो देखिने, आँखा सुन्निने तथा दुख्ने यसका मुख्य लक्षण हुन् । यसको संक्रमणले फोक्सोमा पनि असर गर्न सक्छ । साथै समयमै उपचार नहुँदा आँखाको दृष्टि समेत गुम्न सक्छ ।

सीडीसीका अनुसार मिर्गौला, मुटु र मस्तिष्कसम्म पुगेपछि यसले घातक रुप लिन्छ । खोकी लाग्नु, चिसो हुनु यसका आम लक्षण हुन् । यो बाहेक शरीरको कुन भागमा यो फंगस छ, त्यो हिसावले यसको लक्षण निर्भर हुन्छ ।

जसलाई क्यान्सर, मधुमेह जस्ता रोगहरु छन् वा लामो समयदेखि स्टेरोइड औषधि लिइरहेका छन् । उनीहरुको इम्यूनिटी कमजोर हुन्छ । कोरोना भएपछि यो झनै कम हुन्छ । त्यसैले यस किसिमका बिरामीमा यो बेला फंगल डिजिज हुने खतरा बढ्छ ।

एकबाट अर्कोमा सर्छ वा सर्दैन ?

अहिले देखिरहेका फंगल इन्फेक्सनहरु एकबाट अर्कोमा सरेको पाइदैन । त्यसैले संक्रमितहरु धेरै आत्तिन वा डराउनु पर्दैन । यो एकदमै कमजोर शरीरमा देखा पर्दछ । यसबाट बच्न आम मानिसमा जनचेतना फैलाउने र चिकित्सकहरुलाई पनि यसको बारेमा तालिम दिन आवश्यक छ ।

के कोरोना संक्रमितलाई यसको धेरै खतरा हुन्छ ?

जसलाई क्यान्सर, मधुमेह जस्ता रोगहरु छन् वा लामो समयदेखि स्टेरोइड औषधि लिइरहेका छन् । उनीहरुको इम्यूनिटी कमजोर हुन्छ । कोरोना भएपछि यो झनै कम हुन्छ । त्यसैले यस किसिमका बिरामीमा यो बेला फंगल डिजिज हुने खतरा बढ्छ । जो कोरोना संक्रमित अक्सिजनको सपोर्टमा हुन्छन्, उनीहरुलाई पनि ब्ल्याक र ह्वाइट फंगस हुने खतरा हुन्छ ।

यसबाट बच्न के गर्ने ?


— मधुमेहका बिरामीहरुले आफ्नो सुगर लेभल कन्ट्रोल गर्ने


— इम्युनिटी कम भएका मानीसहरुले चिकित्सकको सल्लाह अनुसार इम्युनिटी पावर बढाउने औषधि तथा खानाको सेवन गर्ने

— कोरोना संक्रमितले भने स्टेरोइड औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्ने लामो समयसम्म चिकित्सकको सल्लाह बिना यसको प्रयोग नगर्ने

— घरको वरपर ढुसी लाग्ने वा कुहिने वस्तूहरु नराख्ने ।

— कोरोना संक्रमितहरु आइसोलेसनमा बसेको कोठाहरु हावा छिर्ने भेन्टिलेसन भएको हुनुपर्छ ।

— चिसो ओसिलोे कोठामा ढुसी लाग्ने भएकोले त्यस्तो कोठामा बस्नु हुँदैन ।

— इम्युनिटी पावर कम भएको व्यक्ति बस्ने कोठामा ढुसी लाग्ने किसिमको बिरुवाहरु राख्नु हुँदैन ।

— घर बाहिर निस्कदा सधै मास्कको प्रयोग गर्नु पर्छ ।

— मधुमेह, क्यान्सर र मिर्गौलाका बिरामीहरुले समय–समयमा शरीर जाँच गराउनु पर्छ ।

— घर वरपरको सफाईमा विशेष ध्यान दिनु पर्छ । ढुसी लाग्ने खाल्को कुनै पनि सामानहरु छ भने त्यसलाई हटाउनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली