यस्ता हुन्छन् ग्यास्ट्रिकका लक्षण, कसरी बच्ने ?



डा.सन्दिप राज कुँवर, पेट रोग विशेषज्ञ

हिजोआज ग्यास्ट्रिकको समस्या नभएको मान्छे फेला पार्न मुस्किल पर्छ । त्यसैले धेरैले यसलाई राष्ट्रिय रोगको संज्ञासमेत दिन्छन् । ग्यास्ट्रिकलाई समयमै पहिचान गरी निर्मुल पार्न सकिएन भने यसले अल्सर र क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । त्यसैले ग्यास्ट्रिकलाई कसरी पहिचान गर्ने ? यसका लक्षणहरु के–के हुन्छन् ? ग्यास्ट्रिक बिग्रन नदिन के गर्ने ? यसबाट बच्ने उपायहरु के–के हुने भन्ने बारेमा पेट रोग विशेषज्ञ डा.सन्दिप राज कुँवर को सल्लाह यस्तो छ :

के हो ग्यास्ट्रिक ?

सामान्य अर्थमा ग्यास्ट्रिक भनेको पेटमा ग्याँस भरिनु हो । यसलाई धेरै सामान्य जस्तो ठाने तापनि यसले कालान्तरमा विकराल रुप लिन सक्छ । जब ग्यास्ट्रिक बढ्दै जान्छ यसले पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, बान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको वा भरिएको जस्तो लाग्ने हुन्छ । धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, दिसा कालो हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।

ग्यास्ट्रिकका लक्षणहरु :

— पेट, छाती र घाँटीमा जलन हुनु ।

— अमिलो डकार आउनु ।

— कहिलेकाहीँ उल्टी हुनु ।

— मुखमा अमिलो र तीतो पानी आउनु ।

— अपच हुनु ।

— कहिले कब्जियत त कहिले पखाला लाग्नु ।

— शरीर तातो हुनु ।

— भोक कम लाग्नु वा बढी लाग्नु ।

— टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।

— चक्कर लाग्नु ।

— बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडापन बढ्नु ।

— राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।

बच्ने उपाय :

समयमा खाना खाने

ग्यास्ट्रिक भएकाहरुले सकेसम्म प्रत्येक दुई–दुई घन्टाको फरकमा खाना खाने गर्नु पर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिन्छ र ग्यास्ट्रिकले दुःख दिन्छ ।

प्रशस्त पानी पिउने

प्रशस्त पानी पिउँदा पनि ग्यास्ट्रिकबाट बच्न सकिन्छ । पर्याप्त पानीले ग्याँस भरिन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम हुन्छ ।

दुध नपिउने

दुध पिउनु शरीरका लागि लाभदायक भएतापनि ग्यास्ट्रिक भएकाहरुलाई दुध नपिउनु राम्रो मानिन्छ । ग्यास्ट्रिक भएकाहरुको पाचन प्रक्रिया कमजोर हुने भएकोले दुध तथा दुधजन्य खानेकुरा पचाउन निकै कठिन हुन्छ । त्यसैले दुध नपिउनु नै उत्तम हो । तर, दही तथा दुधबाट बनेका अन्य हल्का परिकारहरु भने खाँदा हुन्छ ।

चिल्लो तथा पिरो नखाने

धेरै तेल प्रयोग भएको तारेको खाना तथा धेरै पिरो खाना नखाने यस्तो खानाले ग्याष्ट्रिक भएकाहरुलाई थप समस्या दिन्छ ।

मद्यपान धुम्रपान नगर्ने

जाँड, रक्सी, चुरोट, खैनी तथा अन्य सुर्तिजन्य पदार्थको सेवन नगर्ने यसले ग्याष्ट्रिक भएका व्यक्तिहरुलाई नराम्रो असर गर्छ । त्यसैले यस्तो बानी छ भने छोड्नुपर्छ ।

चिया कफी नखाने

कफी, कडा चिया, दूध चिया, क्याफिन र कार्वन मिसिएका कोल्ड ड्रिंक्स (कोक, फ्यान्टा, स्प्राइट) नखाने ।

जंकफुडहरुको सेवन नगर्ने

अजिना मोटो मिसाएको खाना र मैदा प्रयोग भएका फाष्ट फुडहरू सकेसम्म नखाने ।

चिकित्सकको सल्लाह बिना औषधी सेवन नगर्ने

दुखाई कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं । पेनकिलरको बढी प्रयोग नगर्ने । पेन किलरले केही समयका लागि राहत दिएतापनि दिर्घकालिन रुपमा यसले ठूलो समस्या निम्त्याउँछ ।

ग्यास्ट्रिकको समस्या बढ्यो भने अहिलेको अवस्थामा अस्पताल जान सम्भव छैन । त्यसैले घरैमा पेन्टोप्राजोल, रेबिप्राजोल जस्ता औषधिहरुको सेवन गर्न सकिन्छ । तर, समस्या बढेको छ र अल्सर भईसकेको छ भने अस्पताल गएर इन्डोस्कोपी गरेर चिकित्सकको सल्लाहमात्र औषधि खानुपर्छ ।

तनाव नलिने

ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जिउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तसर्थ तनाव व्यवस्थापन गर्नु पर्छ ।

व्यायाम गर्ने

नियमित व्यायाम तथा हिँडडुल गर्नाले खाएको खाना राम्ररी पच्छ । त्यसैले नियमित रुपमा योग, व्ययाम गर्ने । दिनमा एकपटक पसिना आउने गरि हिँड्डुल गर्ने । यसो गर्दा पनि ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।



...
Omignee

290 The latter is particularly notable, if not characteristic of these agents, probably because of their potent inhibitory effect on T3 generation in pituitary tissue cialis

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई