English

राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाद्वारा सगरमाथाको सफल आरोहण



राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाले २० वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी छन् । उनले बुधवार बिहान ७ बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

योसँगै एकै परिवारबाट सबैभन्दा धेरै सदस्यले सगरमाथा आरोहण गरेको विश्वरेकर्ड समेत कायम भएको सगरमाथा आरोही कान्छीमाया तामाङले जनाईन् । उनी निमाकी भाउज्यु हुन् । निमा कम उमेर (२४) वर्षमा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका फुर्वा तेन्जिङ शेर्पाकी बहिनी समेत हुन् ।

मिस टिन शेर्पा २०१९ की पब्लिक च्वाइस अवार्ड विजेतासमेत रहेकी निमाले यसअघि सगरमाथा चढ्ने तयारी स्वरुप लोबुचे हिमालको आरोहण गरेकी थिइन् ।

सगरमाथाको पहिलो आरोहण विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा (हिउँचितुवा) लाई समर्पण गरेको उनले बताएकी छन् ।

निमालाई सगरमाथाको चुचुरोमा पुर्याउने टीमको नेतृत्व उनका सहोदर दाई पर्वतारोही पेम्बा दोर्जे शेर्पाले गरेका थिए । पेम्बाले योसहित २१ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्
यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)
अमेरिकाबाट हिमाल मुनिको यात्रा
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested