English

नेपालले नचिनेको ‘चुम भ्याली’ (फोटो फिचर)



वरिपरि मोटी झैँ टल्किएका सेताम्मे हिमाल बीचमा थपक्क बसेको चुम भ्याली ! यसो हेर्दा लाग्छ, धर्तीको स्वर्ग भनेकै यही हो । बाहिरका आगन्तुक मात्रै होइन, उत्तरी गोर्खामै जन्मे हुर्केको मानिसलाई पनि जति पटक चुम भ्याली पुग्यो, त्यति नै आनन्द महसुस हुन्छ ।

प्राकृतिक सौन्दर्यलाई शब्दमा बयान गर्न नसकिने चुम भ्याली सांस्कृतिक रूपले पनि उत्तिकै धनी क्षेत्र हो । बुद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्यालीको महत्त्वपूर्ण सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनि खालको हिंसा हुँदैन, अर्थात् काटमार हुँदैन । माथिल्लो चुमको छेकम्पार क्षेत्रलाई विसं १९७७ देखि अहिंसा क्षेत्र बनाइएको थियो। त्यसैगरि तल्लो चुम अर्थात् चुमचेतलाई भने विसं २०६९ देखि अहिंसा क्षेत्र घोषणा गरिएको थियो।

मनासलु हिमालको उज्यालोमा मुस्कुराइरहेको उत्तरी गोरखामा दुइटा भ्याली छन्–चुम र नुब्री। दुवै भ्याली हिमाली सौन्दर्य र भोटे संस्कृतिको जीवन्त सङ्ग्रहालय हुन्। चुमनुब्री गाउँपालिका–६ चुम्चेत र ७ छेकम्पार दुई वडालाई एकमुस्टमा चुम उपत्यका भनिन्छ । बुढिगण्डकी–स्यार खोलाद्वारा निर्मित चुम उपत्यका बौद्ध गुरु मिलारेपालेसमेत आई ध्यान गरेको र आजसम्म पनि बौद्ध धर्मको आस्था र उपसनाको कर्म थलोको रूपमा रही आएको छ ।

नेपालमा कम प्रचार पाएको तर विश्वका पर्यटक माझ धेरै प्रचार भएको पर्यटकीय क्षेत्र हो ‘चुम भ्याली’ । चुम भ्यालीबाट कुल्हा पासाङ, गणेश र शृङ्गी हिमाललाई आँखै अगाडि नियाल्न सकिन्छ । ढुङ्गाले बनेका कलात्मक घर, आकर्षक गुम्बा, चारैतिर रहेका माने र छोर्तेन अनि प्रकृतिले सिँगारिएको हिमाली काख, हिमालजस्तै सङ्लो र अति मिलनसार त्यहाँका स्थानीय ।

यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुणी (आनी) गुम्बा रहेको छ । यो करिब ८२० वर्षअघि स्थापना भएको बताइन्छ । त्यसबाहेक रचिने गुम्बा, चुले स्तूप र यस क्षेत्रको आस्थाको केन्द्र मानिने प्रसिद्ध मु गुम्बाको पनि अवलोकन गर्न सकिन्छ। तीन हजार ७०० मिटर उचाइमा रहेको गुम्बाबाट चारै तिरको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ। मु गुम्बा हुँदै अझै एक दिन उत्तरतर्फ हिँड्ने हो भने नेपाल–तिब्बतको सिमानामा पुगिन्छ। तर, गुम्बा भन्दा माथि कुनै मानव बसोबास नभएकाले पर्यटकहरू म गुम्बाबाटै फर्कने गर्छन्। मु गुम्बा नजिकै रहेका रिक्याङ, ढेफुडोमा गुम्बाहरूको अवलोकन गर्दै फर्कन सकिन्छ ।

चुम भ्याली गोरखा जिल्ला सदरमुकामदेखि उत्तर ५० कोष टाढा रहेको छ । चुम भ्याली भ्रमणको लागि करिब दुई हप्ताको समय छुट्टाउनु पर्दछ । काठमाडौँबाट धादिङबेँसी हुँदै धादिङ र गोर्खाको सीमावर्ती बजार आरुघाटसम्म नियमित बस पाइन्छ। त्यहाँबाट लोकल बस तथा जिपमा आरखेत हुँदै सोती पुग्न एकदेखि डेढ घण्टा लाग्छ, प्राय पर्यटक पहिलो रात सोती खोलामा नै बस्छन् । सोती खोलाछेउमा केही होटेल तथा लजका साथै क्याम्पिङ साइटहरू पनि छन्।

दोस्रो दिन बुढी गण्डकीको किनारै किनार खोर्ला बेसी पुगिन्छ । तेस्रो दिन खोर्ला बेसीबाट एक घण्टा हिँडेपछि तातोपानी पुगिन्छ। त्यसपछि बुढी गण्डकी माथि बनेको झोलुङ्गे पुल पार गर्दै जगत पुगिन्छ । चौथो दिन लजगतबाट फिलिम हुँदै एक्लेभट्टी या लोक्पामा गएर बास बस्नुपर्छ। पाँचौँ दिन एक्लेभट्टीबाट एक घण्टा अगाडि बढेपछि बाटो दुईतिर छुटिन्छ। उत्तर पश्चिमतर्फ बुढी गण्डकी पछ्याउँदै जाने हो भने मनासलु सर्किट अर्थात् सामागाउँ, साम्दो हुँदै लार्के पुगिन्छ । चुम उपत्यका जानको लागि सियार खोलाको किनारै किनार उत्तरतर्फ अगाडि बढ्नुपर्छ । यहीबाट चुम भ्याली सुरु हुन्छ ।

यो पनि…
मनमोहक नारच्याङ झरना (भिडियो पनि)
मनै लोभ्याउने बराह ताल (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested