English

पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि अभिनय छ । फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ ।

यो फिल्म पाँच कारणले अहिले चर्चामा छ । यी हुन पाँच कारणः–

आमिर काम गर्न चाहदैन थिए

आमिर ‘फरेस्ट गम्प’को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्न चाहदैन थिए । एक अन्तर्वार्तामा उनले आफूले दुई वर्षसम्म फिल्मको स्क्रिप्ट नसुनेको खुलाएका छन् । ‘किनकी मलाई लाग्थ्यो कि फरेस्ट गम्प फेरि बनाउनु मुगल–ए–आजम र मदर इण्डियालाई बनाउनु जस्तै हो’, उनले भनेका छन् । तर जब उनले यो स्क्रिप्ट पढे, उनी आफैं प्रमुख भूमिकामा अभिनय गर्न अग्रसर भए ।

करीना थिइनन् पहिलो च्वाइस

आमिर फिल्मका लागि अभिनेत्री करीना कपूर खानलाई लिन चाहँदैन थिए । उनी कोही २५ वर्षको युवती फिल्मका लागि छनोट गर्न चाहन्थे । तर पछि उनको विचार फेरियो ।

फिल्मको कथामा चुहावट

फिल्मको कथाको चुहावट भइसकेको छ । यो फिल्ममा सन् १९८४ को सिख दंगा र संकटकालको कुरा पनि देखाइएको दाबी गरिएको छ ।

फिल्मबाट हटाइयो एडल्ट दृश्य

फिल्मलाई लिएर विरोध भएपछि एडल्ट दृश्य हटाइएको छ । यो कुराको पुष्टि स्वयं आमिरले गरेका छन् । ‘हामी चाहन्छौं कि हाम्रो फिल्म पूरा परिवारका साथ बसेर हेर्न सकियोस् । त्यहीकारण फिल्मबाट त्यो दृश्य हटाएका छौं’, आमिरले भनेका छन् ।

बहिस्कारबारे बोले आमिर

आमिर फिल्मलाई बहिस्कार गर्नुपर्ने माग प्रति दुःखी छन् । उनले दर्शकले फिल्म हेरेनन् भने आफू धेरै दुःखी हुने बताइसकेका छन् ।

याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested