English

यी हुन् विश्वका सबैभन्दा तातो ठाउँ



यति बेला गर्मी बढिरहेको छ, विश्वमा यस्ता केही ठाउँ छन्, जहाँ तपाईं एक क्षणको लागि पनि रोक्न सक्नुहुन्न । संसारको सबैभन्दा तातो ठाउँहरू, जसको तापक्रमले विश्वभरका वैज्ञानिकहरूलाई सोच्न बाध्य बनाएको छ । पृथ्वीको तापक्रम क्रमशः बढ्दै गएको छ भने वर्षाको अभावले थप खराब अवस्था सिर्जना गरेको छ । संसारमा केही यस्ता ठाउँ पनि छन् जहाँको तापक्रम यति धेरै हुन्छ कि गाडीको टायर पनि पग्लिन्छ ।

डेथ भ्याली, अमेरिका

क्यालिफोर्नियाको मोजावे मरुभूमिमा अवस्थित डेथ भ्याली उत्तर अमेरिकाको सबैभन्दा सुख्खा र तातो क्षेत्र हो। समुन्द्री सतहभन्दा धेरै तल भएकाले यहाँ धेरै गर्मी हुन्छ । सन् १९१३ को जुलाईमा यहाँको तापक्रम ५६.७ डिग्री सेल्सियस पुगेको थियो, जुन अहिलेसम्मकै उच्च तापक्रम हो। यहाँको तापक्रम ४७ डिग्री सेल्सियस रहन्छ।

फ्लेमिङ माउन्टेन, सिनजियाङ, चीन

चीनको सिनजियाङमा रहेको तियान शान हिमालको दायरामा पर्ने फ्लेमिङ माउन्टेन पनि तातो क्षेत्रमा परेको छ । सन् २००८ मा यहाँको समुन्द्री सतहको तापक्रम ६६.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो । त्यो वर्ष पृथ्वीमा मापन गरिएको यो उच्चतम तापक्रम थियो।

क्वीन्सल्याण्ड, अस्ट्रेलिया

अस्ट्रेलियालाई संसारको सबैभन्दा सुख्खा महादेश भनिन्छ। क्वीन्सल्याण्ड आउटब्याक, ‘ब्याडल्याण्ड’ भनेर चिनिन्छ, ठुलो मरुभूमि हो। सन् २००३ मा ठुलो खडेरी परेको थियो । त्यतिबेला यहाँको तापक्रम ६९ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

दस्त–ए–लुट, इरान

दस्त–ए–लुटलाई पृथ्वीको सबैभन्दा तातो ठाउँ भनिन्छ। यहाँको तापक्रम २००४ मा ७० डिग्री र २००५ मा ७०.७ डिग्री पुगेको थियो। दस्त–ए–लुटको अधिकांश भागमा यति गर्मी छ कि यहाँ कुनै पनि जनावरको बस्न सम्भव छैन।

यो पनि…
औँठाको छापजस्तै देखिने टापु
एउटा टापुमा एउटा मात्र घर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested