English

पेटबाट निकालियो एक किलो काँटी–किल्ला



लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको छ।

मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन् ।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ । एक जना सर्जनले त्यसलाई विशिष्ट घटना भनेका छन् ।

लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको थियो ।

ती व्यक्तिलाई पेटमा असह्य पीडा भएपछि बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको थियो ।

अहिले उनी स्थिर अवस्थामा रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको विवरणहरूमा जनाइएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested