English

महेश बाबु बलिउडबारे यसो भन्छन्



दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउड फिल्ममा काम नगर्ने बताएका छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने समेत बताएका छन्।

उनले सोमबार फिल्म ‘सरकारु वारी पाता’को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने उनले बताएका छन्।

यँहा मैले राम्रो स्टारडम र सम्मान पाएको छु। मैले कहिले पनि यो उद्योग छाडेर जाने सोचेको छैन। मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने र ठूलो उद्योग बनाउने सोचेको थिएँ। मेरो सपना पूरा भइरहेको छ। म यहीँ खुसी छु।

‘मलाई बलिउड फिल्मबाट धेरै अफर आउँदैन। तर मलाई लाग्छ कि उनीहरू मलाई लिन सक्दैनन्। म बलिउडमा काम गर्न चाहन्न। जो मलाई धान्न सक्दैनन्’ उनले भनेका छन, ‘यँहा मैले राम्रो स्टारडम र सम्मान पाएको छु। मैले कहिले पनि यो उद्योग छाडेर जाने सोचेको छैन। मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने र ठूलो उद्योग बनाउने सोचेको थिएँ। मेरो सपना पूरा भइरहेको छ। म यहीँ खुसी छु।’

महेश बाबु पछिल्लो समय ‘सरिलेरु नीकेववरु’मा देखिएका थिए। यो फिल्म सन् २०२० मा सार्वजनिक भएको थियो। उनी ंसरकारु वारी पाता’मा देखिदैँछन्। परशुरामले निर्देशन गरेको फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको पनि अभिनय छ।

यो फिल्म यही मे १२ अर्थात वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested