English

आईपीएलमा चेन्‍नई र बेङ्गलोरको जित



दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौथो जित निकालेको छ ।

आइतबार मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो ।

चेन्‍नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए ।

जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।

बेङ्गलोरको सातौं जित

आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।

मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउदै १५ रनमा समेटियो ।

हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।

बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।

जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested