English

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे । राजस्थानका कुलदिप सेनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए । यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाए ।

बेङ्गलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिए ।

जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बेङ्गलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested