विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ ।

प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ।

पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५० जना निर्णायक रहनेछन् । फ्रान्स फुटबलका पास्कल फेरेले भने, “हामीले यसअघि दुई आधा सिजनको आधारमा निर्णय गर्थ्यौं । अब यो स्पष्ट हुनेछ।” यो नयाँ प्रेरणा दिने अवसर भएको फ्रान्स फुटबल सम्पादकले थपे ।

सन् २०२१ मा बालोन डी’ओर विजेताको रूपमा पेरिस सेन्ट-जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो । सो आलोचनापछि परिवर्तनहरू घोषणा गरिएको हो ।

मेस्सीले कीर्तिमानी सातौँ पटक प्रख्यात ट्रफी जितेका थिए । तर, दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले २०२०-२१ सिजनमा ४१ बुन्डेसलिगा गोल गरेका थिए किनभने उनले बायर्नलाई लगातार नवौँ लिग उपाधि जिताउन मद्दत गरेका थिए। अर्को बालोन डी ओर अवार्ड सन् २०२२ को सेप्टेम्बर वा अक्टोबरमा आयोजना गरिने बताइएको छ ।

यो पनि
फिफा र यूइएफएले लगाए रूसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध
चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा