English

विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ ।

प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ।

पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५० जना निर्णायक रहनेछन् । फ्रान्स फुटबलका पास्कल फेरेले भने, “हामीले यसअघि दुई आधा सिजनको आधारमा निर्णय गर्थ्यौं । अब यो स्पष्ट हुनेछ।” यो नयाँ प्रेरणा दिने अवसर भएको फ्रान्स फुटबल सम्पादकले थपे ।

सन् २०२१ मा बालोन डी’ओर विजेताको रूपमा पेरिस सेन्ट-जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो । सो आलोचनापछि परिवर्तनहरू घोषणा गरिएको हो ।

मेस्सीले कीर्तिमानी सातौँ पटक प्रख्यात ट्रफी जितेका थिए । तर, दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले २०२०-२१ सिजनमा ४१ बुन्डेसलिगा गोल गरेका थिए किनभने उनले बायर्नलाई लगातार नवौँ लिग उपाधि जिताउन मद्दत गरेका थिए। अर्को बालोन डी ओर अवार्ड सन् २०२२ को सेप्टेम्बर वा अक्टोबरमा आयोजना गरिने बताइएको छ ।

यो पनि
फिफा र यूइएफएले लगाए रूसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध
चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested