English

फिफा र यूइएफएले लगाए रूसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध



विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए) ले रूसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रूसी टोली प्रतिबन्ध गरेका हुन् ।

यूइएफएले रूसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यस अघि रूसले आगामी खेलहरू फुटबल युनियन अफ रूस (आरएफयू) को रूपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

रूसका राष्ट्रपती भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रूसका आगामी खेलहरू रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रूसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रूसमा खेल्न अस्विकार गरेका छन् ।

यो पनि…
अमेरिकी ‘सुपर बाउल’ को चहकमहकमा मख्ख छन् नेपाली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested