English

आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ ।

मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।

हैदराबादका राहुल त्रिपाठीले ७१ रनको तथा एडिन मार्क्रमले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कोलकाताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।

कोलकाताका नितिष रानाले ५४ रनको अर्धशतकीय पारी खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आयरले २८ रन जोडे । जितसँगै हैदराबाद सातौँ स्थानमा उक्लिएको छ । कोलकाता चौथो स्थानमा छ ।

यो पनि…
कस्तो रह्यो वर्ष २०७८ मा नेपाली क्रिकेट ?
नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested