English

नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?



नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन्।

खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए। शारीरिक रुपमा बलियो टिमविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो।

खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए। खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो।

‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’ अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु।’ खेलमा हार जित हुने भन्दै उनले आफूहरू जितका लागि योग्य भएको बताए। उनले खेलाडीहरू आज नडराई खेलेको बताए। तनावपूर्ण खेलमा नेपालले मसिससविरुद्ध १-० को जित हात पारेको थियो।

यो पनि

मोरिससविरुद्ध नेपालको अर्को जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का