नेपाल टस हारेर ब्याटिङ गर्दै



जिम्बाबे ‘ए’ विरुद्धको टी-२० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालको सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन् ।

अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाबे ‘ए’सँग तीन टी-२० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।

नेपालले शनिबार जिम्बाबे ‘ए’ विरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी-२० श्रृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो । क्यानले शनिबार मात्र टी-२० श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिम :

सन्दीप लामिछाने, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद ।

यो पनि…
आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि सानदार जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन