English

आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स



पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए ।

यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो ।

पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए । लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए ।

कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा टिम साउथीले २ विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पन्जाबको भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक छ ।

यो पनि…
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]

यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र
आठ वर्षपछि अमेरिका विश्वकपमा छनोट



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested