English

आठ वर्षपछि अमेरिका विश्वकपमा छनोट



कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २–० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।

यस्तै, तालिकाको चौथो स्थानको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे ।

बिहीबारै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २–० ले पराजित गर्दा क्यानडा पानामासँग १–० ले र होन्डुरस जमैकासँग २–१ ले पराजित भयो ।

यो पनि…
आइपिएल : राजस्थानले यसरी जित्यो

आइपिएल : कसको जित, कसको हार ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का