English

आइपिएल : कसको जित, कसको हार ?



इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा नयाँ टोली गुजरात टाइटन्सले सानदार सुरुवात गरेको छ । सोमबारको खेलमा आइपिएलमा सहभागी अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई पाँच विकेटले हराउँदै गुजरातले सानदार सुरुवात गरेको हो ।

सोमबार वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो । गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । गुजरातका लागि राहुल टेवाटियाले सर्वाधिक ४० रन बनाए ।

कप्तान हार्दिक पान्डय ३, डेभिड मिलर र म्याथ्यु वेडले ३०–३० रन बनाउँदा अभिनव मनोहरले अविजित १५ रन जोडे । लखनउका दुश्मन्था चामिराले २ विकेट हातपारे । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

लखनउका लागि दीपक होडा ५५ रन र आयुस बाडोनी ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुर्नाल पाण्डले अविजित २१ रन बनाए । गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए । जितसँगै नयाँ टिम गुजरातले दुई अंक जोडेको छ ।

यो पनि….
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?

आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का