English

आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?



इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाबले विजयी सुरुआत गरेको छ । आइतबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो ।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२, लियाम लिभिङस्टोन १९, ओडिन स्मिथ २५ र साहरुख खान २४ रनमा अविजित रहे ।

बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन जोडेको छ । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले ।

विराट कोहली ४१, दिनेश कार्तिक ३२ र अनुज रावत २१ रन बनाए । पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १–१ विकेट लिए। पन्जाबले २ अंक जोडेको छ ।

यो पनि…
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested