English

आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?



इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाबले विजयी सुरुआत गरेको छ । आइतबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो ।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२, लियाम लिभिङस्टोन १९, ओडिन स्मिथ २५ र साहरुख खान २४ रनमा अविजित रहे ।

बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन जोडेको छ । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले ।

विराट कोहली ४१, दिनेश कार्तिक ३२ र अनुज रावत २१ रन बनाए । पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १–१ विकेट लिए। पन्जाबले २ अंक जोडेको छ ।

यो पनि…
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested