English

आइपिएल : दिल्लीको सानदार जित



इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ ।

घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

दिल्लीको जितमा ललित यादव र अक्षर पटेलले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दिल्लीका लागि ३८ बल सामना गरेका ललितले ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन जोडेका थिए ।

अक्षर पटेलले १७ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको आक्रामक इनिङ खेले । त्यसअघि पृथ्वी सह ३८, टिम सेफर्ट २१ र शार्दूल ठाकुर २२ रन बनाएर पेभेलियन फर्केका थिए ।

मुम्बईका लागि बसिल ताम्पीले ३, मुरुगान आस्विनले २ र टाइमाल मिल्सले १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनको अविजित इनिङ खेलेका थिए ।

त्यसअघि कप्तान रोहित शर्माले ४१ रन बनाएर बाहिरिएका थिए । दिल्लीका लागि खलिल अहमदले २ तथा कुलदिप यादवले ३ विकेट लिएका थिए ।

यो पनि…
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा