English

क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै



जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ । कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो ।

गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो । शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो । बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।

१३औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।

८३औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३-० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।

सोमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५-१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १-० ले निराश बनायो ।

यो पनि…
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested