English

आइपिएल : राजस्थानले यसरी जित्यो



इन्डियन प्रिमियर लिग (आइपिएल)टी–२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ । पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।

हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेको थियो । राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए ।

यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए । आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे । हैदरावादका टी नटराजन र उम्रान मलिकले २–२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।

यो पनि…
आइपिएल : कसको जित, कसको हार ?

आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested