English

कोलकाताविरुद्ध लखनउको सहज जित



कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो ।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।

लखनउका आभेश खान र जासन होल्डरले ३३ विकेट लिए ।

यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।

लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।

जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested