English

नेपाल ३ विकेटले पराजित



पहिलो एकदिवसीय खेलमा नेपाललाई जिम्बावे ‘ए’ ले पराजित गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालमाथि जिम्बावेले ३ विकेटको जित निकालेको हो।

नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्‍यो। जिम्बावेको जितमा ओपनर इनोसेन्ट काइआले नटआउट ४८ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए। सागर ढकाल र सोमपाल कामीले १–१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल खराब ब्याटिङ गर्दा ३१.३ ओभरमा १३६ रनमै अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसिफ र आरिफ शेख समान ५–५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।

जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २-२ विकेट लिए।

सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ। यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested