नेपाल ३ विकेटले पराजित
पहिलो एकदिवसीय खेलमा नेपाललाई जिम्बावे ‘ए’ ले पराजित गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालमाथि जिम्बावेले ३ विकेटको जित निकालेको हो।
नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्यो। जिम्बावेको जितमा ओपनर इनोसेन्ट काइआले नटआउट ४८ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए। सागर ढकाल र सोमपाल कामीले १–१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल खराब ब्याटिङ गर्दा ३१.३ ओभरमा १३६ रनमै अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आसिफ र आरिफ शेख समान ५–५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।
जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २-२ विकेट लिए।
सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ। यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।
यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि
आईपीएलमा चेन्नई र बेङ्गलोरको जित - Mero LifeStyle Mero LifeStyle
[…] खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले […]