English

प्राकृतिक सौन्दर्य पाउन यसो गर्नुहोस्



सबैलाई सुन्दर हुन मन लाग्छ । महिलालाई दैनिक जीवनमा छाला सम्बन्धी धेरै प्रकारको समस्याको सामना गर्नुपर्छ । राति अबेरसम्म नसुत्दा पनि अनुहारमा कालो घेरा आउने गर्छ । बजारमा उपलब्ध धेरै उत्पादनको प्रयोग गर्दा कहिलेकाहीँ साइड इफेक्ट पनि देखिन्छ । यदि कुनै साइड इफेक्ट बिना सुन्दर छाला चाहनुहुन्छ भने, यी टिप्स पालना गर्नुहोस् ।

ताजा सागसब्जी उपभोग

कस्तो प्रकारको खाना खाइरहनुभएको छ, त्यो कुरामा ध्यान दिन जरुरी हुन्छ । आहारमा ताजा फलफूल, हरियो सागसब्जी, प्रशस्त प्रोटिन र भिटामिन समावेश गर्नुहोस् । भिटामिन सी युक्त, कम बोसो, कम चिनी भएको खाना खानुहोस् । यसले छालाको सौन्दर्य बढाउन मद्दत गर्छ ।

एक्सरसाइज

नियमित एक्सरसाइज गर्नुहोस् । दौडनु र योग गर्नु शरीरको लागि धेरै महत्त्वपूर्ण छ । कसरत गर्दा अनुहारमा चमक स्पष्ट रूपमा देखिन्छ । त्यस करण नियमित एक्सरसाइज गर्नुहोस् ।

पर्याप्त निन्द्रा

शरीरका लागि कम्तीमा ८ घण्टा सुत्न आवश्यक छ । यदि पर्याप्त निद्रा पाउनुहुन्न भने शरीर थकित देखिन्छ । त्यसैले पर्याप्त निन्द्रा लिनु स्वास्थ्य तथा छालाका लागि फाइदाजनक हुन्छ ।

सनस्क्रिमको प्रयोग

सूर्यको हानिकारक किरणले उमेर अघि नै चाउरी, दाग र छाला सम्बन्धी समस्या निम्त्याउँछ । त्यसैले घरबाट बाहिर निस्कँदा सनस्क्रिम लगाउन नबिर्सनुहोस् । यसले तपाईँको छालालाई खतरनाक घामका किरणबाट जोगाउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested