English

एउटा टापुमा एउटा मात्र घर



कतिपय मानिस एक्लै बस्न रुचाउँछन् तर कोही त्यस्ता पनि मानिस हुन्छन् जसलाई भीडको बिस्न मन पर्छ । सबै जना आफ्नो इच्छा अनुसारको घर होस् भन्ने चाहन्छन्, तर कल्पना गर्नुहोस् कि यदि पुरै टापुमा एउटा मात्र घर छ भने, त्यहाँ को बस्न चाहन्छ ?

संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनिन्छ । किनभने सम्पूर्ण टापुमा यो घर एउटा मात्र छ । यो Duck Ledges Island अमेरिकाको Wahooa खाडीमा छ । यहाँ यसको क्षेत्रफल १.५ एकड छ ।

यो घरलाई संसारकै सबैभन्दा एकान्त घर मानिन्छ । यो घरका मालिक बोल्ड कोस्ट प्रोपर्टीजको एजेन्ट बिली मिलिकेन हुन् । उनी यो घर बेच्न चाहन्छन् ।

यो एक कोठाको भव्य घर सन् २००९ मा बनेको हो । ५४० स्क्वायर फिटमा बनेको यो घरमा चाहिने सबै कुरा छ । यस घरको पर्खाल काठले बनेको छ । यसको झ्यालहरूमा काठको फ्रेमहरूले सुन्दर सजावट गरिएको छ ।

समुद्रको बिचमा बनेको यो घरमा बाढीको डर छैन । यद्यपि घरमा भने समस्या छ । भित्र बाथरूम छैन र यहाँ राती समुद्री जीव र गिद्धको आवाज आउँछ ।

यो एक बेडरूम घरको लागत करिब २.५८ करोड रुपैयाँ तोकिएको छ । यो ठाउँ अन्तर्मुखीहरूको लागि स्वर्ग मानिन्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
एलियन्ससँग यौन सम्बन्ध राखेको अचम्मको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested