English

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )



स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । 

आइतबार बिहान कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका बालेनले राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । 

युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । 

पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबीसमेत गरे ।

बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शाहले उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।

जब, आइतबार बिहान कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे, यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस शुरु भएको छ । कला क्षेत्रको तर्फबाट उम्मेदवार बन्न लागेका बालेनले घोषणापत्रमा फिल्म र संगीतलाई पनि सम्बोधन गरेका छन् ।

उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

यसैगरी, उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

बालेनको घोषणापत्रमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको रुपमा काठमाडौंको ब्रान्डिङ गरिनेछ ।’ साथै, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि बालेनको छ ।

र्‍याप गायनबाट स्थापित कलाकार बालेनलाई सेलिब्रिटीले सामाजिक सञ्जालका टाइमलाइनबाट पनि भोट मागिरहेका छन् ।

प्रतिबद्धतापत्र :

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

Latest










Popular
Suggested