English

काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेको थिए ।

उक्त निर्वाचनमा एमालेका उम्मेदवार शाक्यले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टी तीन दलले प्राप्त गरेको कुल मतभन्दा बढी मत प्राप्त गरेका थिए ।

शाक्यले २०७४ सालको स्थानीय निर्वाचनमा कुल ६४ हजार ९१३ मत प्राप्त गरेका थिए । मेयरमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९, माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ र नयाँशक्ति पार्टी, नेपालले ६ हजार ५० मत प्राप्त गरेका थिए ।

सो निर्वाचनमा मेयरमा एमाले एक्लैले कांग्रेस, माओवादी र नयाँशक्ति पार्टीले ल्याएको भन्दा ५ हजार ६ सय ८७ बढी मत ल्याएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलकी मेयरकी उम्मेदवार रन्जु न्यौपाने र मेयरका स्वतन्त्र उम्मेदवार किशोर थापाले माओवादी र नयाँशक्ति पार्टीको उम्मेदवारकोभन्दा निकै बढी मत पाएका थिए । न्यौपानेले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको थियो ।

२०७४ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत प्राप्त गरेकी थिइन् ।

उक्त निर्वाचनमा काठमाडौंको उपमेयरमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४, स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुशिला कुमारी पौडेलले १० हजार ४४८ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार सविना अर्याल (दबाडी) ३ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३०९ जना मतदाता रहेका थिए । चिर्वाचनमा १ लाख ९७ हजार २ सय २७ अर्थात् ७०.६ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत बदर भएको थियो । पूर्णरूपमा बदर मत ६ हजार १ सय ८३ रहेको थियो ।

यो पनि…
स्थानीय निर्वाचनः कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?
स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू



सम्बन्धित खबरहरु

विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान…’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा

Latest










Popular
Suggested