English

काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेको थिए ।

उक्त निर्वाचनमा एमालेका उम्मेदवार शाक्यले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टी तीन दलले प्राप्त गरेको कुल मतभन्दा बढी मत प्राप्त गरेका थिए ।

शाक्यले २०७४ सालको स्थानीय निर्वाचनमा कुल ६४ हजार ९१३ मत प्राप्त गरेका थिए । मेयरमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९, माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ र नयाँशक्ति पार्टी, नेपालले ६ हजार ५० मत प्राप्त गरेका थिए ।

सो निर्वाचनमा मेयरमा एमाले एक्लैले कांग्रेस, माओवादी र नयाँशक्ति पार्टीले ल्याएको भन्दा ५ हजार ६ सय ८७ बढी मत ल्याएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलकी मेयरकी उम्मेदवार रन्जु न्यौपाने र मेयरका स्वतन्त्र उम्मेदवार किशोर थापाले माओवादी र नयाँशक्ति पार्टीको उम्मेदवारकोभन्दा निकै बढी मत पाएका थिए । न्यौपानेले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको थियो ।

२०७४ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत प्राप्त गरेकी थिइन् ।

उक्त निर्वाचनमा काठमाडौंको उपमेयरमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४, स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुशिला कुमारी पौडेलले १० हजार ४४८ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार सविना अर्याल (दबाडी) ३ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३०९ जना मतदाता रहेका थिए । चिर्वाचनमा १ लाख ९७ हजार २ सय २७ अर्थात् ७०.६ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत बदर भएको थियो । पूर्णरूपमा बदर मत ६ हजार १ सय ८३ रहेको थियो ।

यो पनि…
स्थानीय निर्वाचनः कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?
स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested