English

काठमाडौं महानगरपालिकाले भन्यो, ‘कोभिड देखिए विद्यालय बन्द गर्नू’



काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ ।

कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्न सक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गर्न, गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटक–पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।

कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

स्मरण रहोस्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरी काठमाडौंलगायत देशका १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

कोरोनाबाट अति प्रभावित जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई राखिएको छ ।



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested