English

काठमाडौं महानगरपालिकाले भन्यो, ‘कोभिड देखिए विद्यालय बन्द गर्नू’



काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ ।

कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्न सक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गर्न, गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटक–पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।

कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

स्मरण रहोस्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरी काठमाडौंलगायत देशका १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

कोरोनाबाट अति प्रभावित जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई राखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested