English

स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू

धमाधम उम्मेदवारी घोषणा


स्थानीय निर्वाचनको ३६ दिन बाँकी रहँदा सबै दलहरूका आकाङ्क्षीहरू जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा तालमेल गरेर निर्वाचनमा जाने र पाँचवटै पार्टीका तर्फबाट संयुक्त उम्मेदवार उठाउने निर्णय गरेपछि नेकपा (एमाले) ले नयाँ चुनावी रणनीतिको खोजी गरिरहेको बुझिएको छ ।

विसं २०७४ को निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुखसहित एक वडाध्यक्षमा चित्त बुझाएको नेपाली कांग्रेसले अहिले बेनी नगरपालिकाका–१० वटै वडाहरू जित्ने रणनीतिका साथ अघि बढेको छ भने एमालेले नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदै प्रमुख र उपप्रमुख पनि जित्ने तयारीका साथ उम्मेदवार छनोट गर्ने जनाएको छ ।

विसं २०७४ को निर्वाचनमा बेनी नगरपालिकामा एमालेले आठवटा वडा जितेको थियो । एमालेले गत स्थानीय तहको निर्वाचनमा म्याग्दीका ६ स्थानीय तहहरूमध्ये धवलागिरि र मङ्गला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित अन्य चार वडा स्थानीय तहका अधिकांश वडाहरू जितेको थियो ।

कांग्रेसले चार स्थानीय तहमा जित हात पारेको तर अहिलेको अवस्था भने फेरिएको छ । एमालेको मतभन्दा तत्कालीन अवस्थामा कांग्रेस र माओवादीले ल्याएको मत मात्रै जोड्दा पनि अधिकांश पालिकामा एमाले पछि देखिन्छ । त्यसमाथि एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी), जसपा तथा राष्ट्रिय जनमोर्चाको मत गठबन्धनमा जोड्दा एमालेलाई आगामी चुनावको विरासत जोगाउन चुनौती छ ।

सत्ता गठबन्धनको चुनावी तालमेल
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा पनि चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेपछि एमालेले पनि नयाँ रणनीति उपनाउने बुझिएको छ । जसअन्तर्गत एमाले राप्रपासँग मिलेर चुनावमा जानसक्ने आङ्कलन गरिएको छ ।

बिहीबार बेनीमा बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति कायम गरेका हुन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्वीर’को संयोजकत्वमा बसेको पाँच दलको बैठकले आगामी ३० वैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्वार बनाएर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टका आधारमा साझा उम्मेदवारको टुङ्गो लाग्ने कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले जानकारी दिए । ‘सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टका आधारमा म्याग्दीका सबै वडा र पालिकामा साझा उम्मेदवार उठाउने निर्णय भएको छ’, सचिव पुनले भने । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरेका छन् ।

चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भए पनि कसले कहाँ उम्मेदवारी दिने भन्ने विषयमा भने अझै टुङ्गो लागेको छैन । बैठकमा कांग्रेस सभापति गर्वुजा, माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए ।

विसं २०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगरप्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडामध्ये १५ वटा वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । माओवादी केन्द्रले सातवटा वडाध्यक्ष जितेको थियो । त्यस्तै एमालेले जिल्ला समन्वय समितिको प्रमुखसहित दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडाध्यक्षमा विजयी भएको थियो भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।

बढ्यो राजनीतिक सक्रियता
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरूले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍याएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेलको निर्णय भएपछि साझा उम्मेदवार छनोटका लागि छलफल सुरु भएको छ । छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिए ।

मालिकाका सबै वडामा उम्मेदवार चयन
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा रहेका सातवटा वडामा कांग्रेसले वडाध्यक्षका उम्मेदवार छनोट गरेको छ । निर्वाचनका लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाइ भेलाले सर्वसम्मत सबै वडाध्यक्ष पदमा उम्मेदवार छनोट गरेको हो । वडा नं १ मा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई दोहोर्‍याएको छ । पुन कांग्रेस प्रदेशसभा क्षेत्र ‘ख’का सभापतिसमेत हुन् । वडा नं २ मा ताराबहादुर रोका मगरलाई वडाध्यक्ष पदमा उम्मेदवारी छनोट गरेको छ । युवानेता रोका मगर २०७४ को स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

वडा नं ३ मा श्यामबहादुर बुढाथोकी मगरलाई वडाध्यक्ष पदमा उम्मेदवार छनोट गरिएको वडा इकाइ कार्यसमितिले जनाएको छ । वडा नं ४ मा भेजेन्द्रमान पुनलाई उम्मेदवार छनोट गरिएको छ । वडा नं ५ मा वर्तमान वडा सदस्य मीम पुनलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरिएको वडा इकाइ कार्यसमितिले जनाएको छ । वडा नं ६ मा युवानेता खिमबहादुर पुनलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरिएको वडा इकाइ कार्यसमितिले जनाएको छ ।

सामाजिक काममा सक्रिय युवानेता पुन कांग्रेस मालिका गाउँपालिका सभापतिसमेत हुन् । त्यसैगरी वडा नं ७ मा लोककुमार पुनलाई वडाध्यक्ष पदमा उम्मेदवार छनोट गरिएको छ । वडा सदस्यहरूसहित वडाध्यक्षका उम्मेदवार वडा इकाइ भेलाले सर्वसम्मत रुपमा चयन गरेर पालिकालाई सिफारिस गरिएको जनाइएको छ । मालिका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर आकाङ्क्षी देखिएका छन् । कांग्रेस म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ ।

स्थानीय निर्वाचनको ३६ दिन बाँकी रहँदा सबै दलहरूका आकाङ्क्षीहरू जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा तालमेल गरेर निर्वाचनमा जाने र पाँचवटै पार्टीका तर्फबाट संयुक्त उम्मेदवार उठाउने निर्णय गरेपछि नेकपा (एमाले) ले नयाँ चुनावी रणनीतिको खोजी गरिरहेको बुझिएको छ ।

एमालेले भरतपुर महानगरको मेयरको उम्मेद्‌वार विजय सुवेदीलाई बनाउने
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेद्‌वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् । यसअघि महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् ।

एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने
एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् । उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।

दाङमा तालमेल तयारीमा सत्तारुढ दल
दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् ।

पाँच दलका जिल्ला स्तरीय नेताहरूको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच सहकार्य गरेरै जानुपर्ने सुझाव केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको कांग्रेस सभापति शंकरप्रसाद डाँगीले बताए । दाङमा सबै पार्टीको अवस्था, गत २०७४ सालको निर्वाचनमा मत परिणाम र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरू बीच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको सभापति शंकरप्रसाद डाँगीले भनाइ छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसीराम पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियो ।

जुम्लामा माथिको निर्देशनमा गठबन्धन गर्दै दलहरू

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले माथिको निर्णय र निर्देशनअनुसार जुम्लामा तालमेल गर्ने बताउँदै आएका छन् । कांग्रेस जिल्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने केन्द्रीय निर्णय अनुसार जुटेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । ‘अलोकतान्त्रिक शासनशैलीबाट उत्पन्न भइराखेको जटिल अवस्थालाई केन्द्रीय गठवन्धन दलको एकताले सुशासन सुरुवात गरेको, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि गठबन्धन आजको थप आवश्यकता हो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

केन्द्रको निर्देशन अनुसार जुम्लामा पालिका र वडा तहसम्म तीन दलबीच गठबन्धान गरेर जाने निर्णय भएको नेताहरूले बताएका छन् । कांग्रेस जिल्ला सचिव अर्जुनसिंह कठायतले चरणबद्ध छलफल हुने बताए । उनले भने, ‘अहिले पनि गाउँपालिका र वडा तहमा उम्मेदवार टुंगो लाग्न सकेको छैन । अझै थप छलफल र बहस हुन्छ ।’

यो पनि…
स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट

स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
स्थानीय तह निर्वाचन : ‘नेतृत्वमा महिला आउनैपर्छ’



...
Arletha

Cartoon characters having hard sexFrancisco party san sexVintage pillowsSaint croix us virgin islandMothers having sex with teensOna zee redhot redheadsBest adult webcam chatBreast biopsy typesDaddy fucks his babu girl xnxx Xxx assignmentPornography auctionsXxx stories on lineHand job home madeLatins lesbonsMatura lady tgpHentai girl fucks in swimming poolWoman fucked by huge cocksRosalinda naked https://watch.xvideos-hub.com/ Free porn kim kardasianMylife jcmi male thumb 1 nameHardcore glamour models gone badRent breast pump randallstown marylandBabe bikini chick hot nice party pool sweetBikini micro picsWomen breast feed pupies picturesNaked woman and howard sternNude lauren graham photos xnxx Young nude teen girls sexDaniele ruah nakedSleeping sex free clipsBig breast free picture womanWhere can i get a sturt bar escort zx2Dicks sporting goods lancaster ohioBlack gay group man mississippiTeen email picsCock cum womanHot gay guys giving blowjobsFree mature naked women video'sBill clinton kiss assLearning math for adultsTeen meat 2 Check out my web-site: webpage

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested