English

स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट



आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ ।

आउँदो वैशाख ११ मा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् ।

राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ । कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आममानिस पनि । आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।

गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो ।

प्रतिमत दुई हजार रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका– १ कि ५५ वर्षिया राधा देवी रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् ।

‘गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,’ उनले भनिन् ।

भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशनअनुसार महिलालाई भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् ।

२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन् ।

२५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ । ‘२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’ उनले भनिन् ।

बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनुपरेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् । ‘हामीहरू बाँच्यौ भने न विकास हेर्ने हो । सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो प्राथमिकता नै पैसा हो । जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’ मरिकले भनिन् ।

इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ ।

चुनाव पैसामुखी भएको ७५ वर्षिया जितनी रामले बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ,’ उनले भनिन् ।

चुनाव जितेर काम नगर्ने नेतालाई भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् । ‘चुनावको बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई भोट दिनुपर्छ ।’

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
स्थानीय तह निर्वाचन : ‘नेतृत्वमा महिला आउनैपर्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested