English

आँखा वरपरको कालो घेरा मेट्ने घरेलु उपाय



शरीरको महत्वपूर्ण अंग आँखा पनि हो । मुहारको सुन्दरतामा आँखाको आफ्नै महत्व हुन्छ । हामीले जति आँखालाई हेरचाह तथा स्याहार गर्छौं, आँखा त्यत्ति नै सुन्दर र स्वस्थ्य रहन्छ ।

अत्यधिक श्रम, चिन्ता, तनाव, अनिन्द्रा, वातावरणीय प्रभाव आदिले आँखामा असर पर्नुका साथै यसको सुन्दतालाई समेत घटाउँछ ।

यस्ता विभिन्न कारणले आँखाको वरपर कालो घेरा, दाग (डार्क सर्कल) बस्ने गर्छ । यहाँ आँखा वरपरको कालो घेरा (डार्क सर्कल) मेटाउने र आँखाको वरपरको भाग सुन्दर बनाउने उपाय उल्लेख गरिएको छ ।

आँखा वरपरको कालो घेरा मेट्ने घरेलु उपाय

काँक्रो र आलुको रस बराबर मात्रामा मिसाएर आँखाको वरिपरि कालो दाग भएको ठाउँमा लगाई १५ मिनेटपछि सफा पानीले पखाल्नुहोस् । यो प्रक्रिया हप्तामा दुईपटक वा आवश्यकताअनुसार गर्दा आँखा वरपरको कालो घेरा हटेर जान्छ ।
– काँक्रोको रसमा गुलाब जललाई समान मात्रामा मिसाएर लगाउँदा कालो घेरा कम हुँदै जान्छ ।
– बदामयुक्त ‘अन्डर आई क्रिम’ आँखाको वरपरको कालो घेरा भएको ठाउँमा लगाएर औँलाले पाँच मिनेटसम्म मालिस गर्ने । यो क्रम दैनिक गरेमा कालो घेरा मेटिएर बिस्तारै सो ठाउँमा गोरोपना छाउँदै जान्छ ।
– बजारमा पाइने अन्डर आई क्रिममा समुन्द्री झार मिश्रण गरिएको हुन्छ । सोही कारण यस्ता क्रिममा भिटामिन ए, बी, सी, डी, इ पाइन्छ । यस्तो क्रिमलाई छालाले सजिलै सोस्छ । जसका कारण आँखाका वरपरको कालो घेरा मेटिनुका साथै, त्यहाँको छाला पनि कसिलो हुँदै जान्छ र चाउरीपना पनि घट्छ ।
– आँखाको कालो घेरा भएको ठाउँमा बदामको तेलले मालिस गर्दा दाग कम हुँदै जानुका साथै आँखामा आउने चाउरीपन कम हुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested