English

एलियन्ससँग यौन सम्बन्ध राखेको अचम्मको दाबी



विगतमा एलियन्स वा यूएफओको सम्बन्धमा धेरै अचम्मलाग्दो दाबीहरू गरिएका छन् । तर, अहिले आएको दाबीअनुसार एलियनको एक महिलासँग सम्बन्ध थियो, त्यसपछि ती महिला गर्भवती भइन् ।

यो चकित पार्ने दाबी त्यतिबेला बाहिर आएको हो जब एक प्रतिवेदनमा अमेरिकी रक्षा मन्त्रालयले युएफओ भेटेर ‘असाधारण अनुभव’ भएको दाबी गर्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

यस सम्बन्धमा रक्षा गुप्तचर एजेन्सीले पेन्टागनमा केही कागजात बुझाएको छ, जसलाई ‘द सन’ले प्रकाशित गरेको छ । प्रतिवेदनले एलियन वा यूएफओ नजिक हुँदा देख्न सक्ने प्रभावहरू वर्णन गरिएको छ ।

यसमा मानिसहरूलाई चोट पुर्याउनेदेखि लिएर अपहरण र तिनीहरूसँग ‘सेक्स’ गर्ने घटनाहरू समावेश छन् । एक साक्षीले दाबी गरे कि यूएफओले मानिसहरुसंग यौन सम्बन्ध राख्यो र एक महिलालाई पनि गर्भवती बनायो। युएफओ र मानिसबीच पाँच पटक ‘सम्भोग’ भएको रिपोर्ट आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ कि यूएफओ एलियनको निकटताले मानिसहरूलाई चोट पुर्याउन सक्छ, विकिरणले जलाउन सक्छ, मस्तिष्कमा समस्या निम्त्याउन सक्छ वा उनीहरूको स्नायुलाई असर गर्न सक्छ । यसबाहेक, दुःस्वप्न, आवाज गुमाउनु, आँखामा चोटपटक, सास फेर्न गाह्रो हुनु र तौल घट्नेको अनुभव सुनाइएको थियो थियो ।

प्रतिवेदनका अनुसार बाहिरी र अनौठो विमानको सम्पर्कका कारण धेरै मानिस घाइते भएका छन् । प्रतिवेदनले यस्ता वस्तुहरू अमेरिकी हितका लागि खतरा हुन सक्ने चेतावनी पनि दिएको छ ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested