English

‘किताबमा भएको राजाको फोटो च्यात्दा जेल परेँ’

‘युनियन विवादको निशानामा म पर्थें’


काठमाडौंस्थित सिद्धार्थ वनस्थली स्कुलबाट २०४७ मा एसएलसी (एसईई) दिएँ । नतिजा राम्रो आएको थियो । २०४६ को आन्दोलनमा सहभागी भएकाले स्कुलबाट रेस्ट्रिकेट भएको थिए । तर, त्यो फुकुवा भयो । र परीक्षा दिएँ । एसएलसीको नतिजा राम्रो हुनेको विज्ञान पढ्ने क्रेज थियो । विज्ञान विषय पढ्न पाइने र राजनीति पनि गर्न पाइने अमृत साइन्स कलेज (अस्कल) मा आईएस्सी (प्लस टु) भर्ना भएँ । पहिलो वर्ष (कक्षा ११) पढाइमै केन्द्रित भएँ । तर, टाइफाइड भएकाले नियमित परीक्षा दिन सकिनँ र विद्यार्थी राजनीतिमा लागेँ । स्नातक तहमा बिएस्सी पनि भर्ना भएँ, तर अखिल र नेविसंघको झगडा हुँदा, मलाई नै लक्षित गर्थे । बिएस्सीलाई पनि धेरै निरन्तरता दिन सकिनँ ।

पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने मनसायले त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा मानविकी संकायबाट समाजशास्त्रमा भर्ना भएँ । कलेज नियमित गइनँ, तर नगए पनि औपचारिक अध्ययनलाईचाहिँ निरन्तरता दिइरहेँँ । विद्याथीहरूसँग सम्बन्ध बनाउनका लागि कलेजबाट आयोजित वनभोज, वार्षिक कार्यमा सहभागी हुन्थेँ ।

कलेजमा नियमित विद्यार्थी भएन । अध्ययन गर्ने खास विद्यार्थी पनि भएन । कलेज लाइफ राजनीतिमै होमिएर बित्यो । पाठ्यपुस्तकमा भएको राजाको फोटो च्यातेर जेल पनि बसियो ।

पढाइभन्दा सामाजिक र राजनीतिक क्रियाकलाप गरिएमा नेपाली राजनीति गर्न सकिने प्रवृत्ति छ । विद्यार्थी राजनीतिमा पनि सोही लागू थियो । पढाइभन्दा भाषण गर्ने, राजनीतिका विभिन्न कार्य गरिन्थ्यो । पढाइभन्दा तीनै कार्यमा व्यस्तता भइन्थ्यो ।

परीक्षाभन्दा केही दिन अगाडि स्वाध्ययन गरेर परीक्षा दिइन्थ्यो । तर, परीक्षा फारम भर्दा कहिले हाजिर नपुगेर त कहिले प्रयोगात्मक परीक्षा नदिएकाले समस्या पथ्र्यो । होस्टेलमा बसेर कलेज पढेँ । त्यहाँ पनि कतिपय समस्याहरू हुन्थे । आफू नै विद्यार्थीको लिडर भएपछि समाधान गर्नु मेरो दायित्व थियो ।

कसैले केटी जिस्काए वा कुनै विद्यार्थीको समस्या परेमा मेरो समाधान गर्ने ठूलो भूुमिका हुन्थ्यो । कलेज पढ्दा साथीहरूको मायाप्रेम पथ्र्यो घुम्न जान्थे । रमाइलो गर्थे, तर, मेरो त्यतापट्टि परेन । राजनीति पहिलो प्राथमिकता थियो । अर्को कुरा कलेजमा छवि बिर्गानु थिएन ।

कलेज पढ्दै होम ट्युसनलगायत छोटो समयका केही काम गरेँ । विद्यार्थी राजनीतिमा लगाव थियो । काम गर्दा राजनीतिमा केन्द्रित हुन सकिँदैन कि भन्ने डर थियो ।

कलेजबाटै भारतसम्म पहिलोपटक भ्रमण गरेको थिएँ । कलेजबाट २०४९ सालमा चुनाव लडेँ । २०५० सालमा नेविसंघको अध्यक्ष भएँ । यहीबाट २०५३ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जितेको थिएँ । यसरी नै राजनीतिमा सक्रिय भएँ । २०५८ मा त्रिचन्द्रबाटै समाजशास्त्रमा स्नातकोत्तर सकेँ ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘जोसँग लभ पर्यो उनै बनिन् जीवनसंगीनी’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,