English

‘जोसँग लभ पर्यो उनै बनिन् जीवनसंगीनी’

‘होस्टेलमै बित्यो कलेज लाइफ’


रुपन्देहीको भैरहवास्थित भैरहवा हाईस्कुलबाट २०४० मा एसएलसी (एसईई) दिएँ । त्यो समयमा तुरुन्तै नतिजा हेर्न पाइँदैनथ्यो । साथीमार्फत् प्रथम श्रेणी उत्तीर्ण भएको जानकारी पाएँ ।

छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउन चाहने धेरै थिए । तर, तीमध्येमा म परिनँ । पढ्नुपर्छ भन्ने भावनाले कक्षा १२ अर्थात् आईएस्सीमा (जीव विज्ञान) विषय पढ्न काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएँ । करिब वर्षदिनको पढाइपछि यो विषय चित्त बुझेन ।

एसएलसीपछि पाँचवर्षे कृषिविज्ञान पढेर सीधै ग्राजुयट (स्नातक तह) हुन मिल्ने र दुई वर्षको वनविज्ञान (फरेस्ट्री) पढेर जागिर पाइने थियो । जागिर गर्नका लागि पाँच वर्षमा ग्राजुयट हुने कृषि विज्ञान नपढेर हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा फरेस्ट्री विषयमा भर्ना भएँ ।

दुईवर्षे पढाइ होस्टेलमै बसेर पढेँ । कलेजको बाउन्ड्री ठूलो थियो । चारै तिर जंगलको हरियालीले मनमोहक वातावरण थियो । जसले पढ्ने ऊर्जा थप्थ्यो । मलाई एकान्तमा बसेर पढ्न खुब रमाइलो लाग्थ्यो ।

अहिलेका कलेजका केटाकेटीले जस्तो साथी बनाएर घुम्ने, बंक गर्नेे गरिएन । कलेजबाट शैक्षिक भ्रमण गइयो । पढाइमा नै केन्द्रित भएँ । मेहनत गरेअनुसार २०४४ सालमा प्रथम श्रेणीमा आईएस्सी कोर्ष उत्तीर्ण गरेँ ।

आईएस्सीपछि तीन वर्षको कामको अनुभव अर्थात् काम गरेर मात्रै स्नातक तह अध्ययन गर्न मिल्ने नियम थियो । सरकारी स्तरबाट नै लाङटाङ राष्ट्रिय निकुञ्ज र वन विभागमा काम गरेँ ।

तीनवर्षे कार्यपछि पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा २०४७ मा बिएस्सी भर्ना भएँ । यहाँ पनि होस्टेलमै बसेर पढेँ । कलेजबाट चितवन, बर्दियादेखि भारतसम्म शैक्षिक भ्रमण गरियो । भ्रमणमा वृक्षारोपण, आगलागी नियन्त्रण, अग्निरेखा, नर्सरी लगायतका कामहरू सिक्थ्यौं । भारतको भ्रमणमा जनावर गणना सिकेका थियौँ ।

औपचारिक अध्ययन विज्ञान विषय भए पनि साहित्यमा रुचि छ । औपचारिक मात्र नभई साहित्यका पुस्तकहरू पनि अध्ययन गरेँ ।

हेटौँडास्थित वनविज्ञान विषयमा आईएस्सी (२०४२ देखि २०४४) मा अध्ययनका क्रममा लिइएको सामूहिक फोटो ।

कलेज पढ्दा केटी मान्छेसँग बोल्ने हिम्मत नै थिएन । कोही साथीले आँट गरेर केटी मान्छेसँग बोले पनि केटाहरू ईर्ष्या गर्थें । त्यसैमा म लजालु स्वभावको परे । बोल्न सकिँदैन थियो । मायाप्रेमको कुरा छोडौँ । तर, जोसँग लभ पर्यो, उनी नै जीवनसंगीनी भइन् ।

साथीहरूले कलेजमा राजनीति गरे पनि मैले गरिनँ । राजनिति बुझ्नुपर्छ भन्ने मेरो धारणा थियो । तर, राजनीतिक क्रियाकलापमा सहभागी भइनँ । यसरी नै २०५० सालमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरेँ ।

ब्रिटिस एम्बेसीको छात्रवृत्तिमा युकेबाट २००२/००३ मा एडिनवर्ग युनिभर्सिटीबाट रिसोर्स म्यानेजमेन्टमा स्नातकोत्तर गरेँ । यहाँ पनि होस्टेलमै बसियो । बाहिरको अध्ययनले जीवनलाई उजागर बनाउँछ । अन्य देशका साथी बने उनीहरूबाट विभिन्न संस्कृतिहरु बुझेँ ।

स्नाकोत्तर अध्ययनका क्रममा साथीहरूसँग बियरबर, लाइफ म्युजिक लगायतका ठाउँमा गएर रमाइलो गरिन्थ्यो । यहाँ अन्तराष्ट्रिय फ्रिन्ज महोत्सव एक–दुई महिना लाग्ने गर्छ । जहाँ आर्टहरूको प्रदर्शन गरिन्छ । मैले थेसिस गर्दै गर्दा मेला लागेको थियो । त्यो मेला मेरो लागि अविस्मरणीय छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यलयबाट २०१२–०१८ (सन्) मा वातावरणीय विज्ञानमा विद्यावारिधि (पीएचडी) को अध्ययन पूरा गरेँ । रमाइलोभन्दा पनि पढाइमा नै केन्द्रित भएर बित्यो मेरो कलेज लाइफ ।

यो पनि…
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

Latest










Popular
Suggested