English

‘आरआरआर’ को यी रोचक पाँच किस्सा



भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ ।

फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ ।

फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?

सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही सल्लाह अनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे । जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए । यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो ।

१८ दिनमा एक स्टेप उत्कृष्ट हुन्थ्यो

निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ । ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो । यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो । उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो ।

खाली खुट्टा जंगलमा कुदेका एनटीआर

फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो । राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए । एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए । तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएीटभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे । यद्यपि जूनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो ।

आलियाप्रति चिन्ता

यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामा राव जूनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो । किनकी दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे । तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटका माहोल सकारात्मक बनेको थियो ।

आलियासँग कम बोल्थे रामचरण

आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन् । उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे । जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकी तपाईं यति सुन्दर हुनुहुन्छ ।’ भन्ने जवाफ दिएका थिए ।

यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
दिनदिनै रेकर्ड बनाउँदै ‘द कश्मीर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested