English

खगेन्द्र भन्छन्– ‘नाटकलाई फिल्ममा उतार्नु मेरो सपना हो’



‘पशुपति प्रसाद’ मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने ’पानीफोटो’ मार्फत निर्देशकको परिचय थप्दै छन् ।

वधशालामा अनुहार नदेखिएको अभिनेताका रूपमा चिनिएका खगेन्द्रले ‘टलकजंग भर्सेस टुल्के’ मार्फत फिल्म अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । ‘धनपति’ हुँदै ‘डमरुको डण्डीबियो’सम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’को रूपमा परिचित गराइसकेका छन् ।

यिनै खगेन्द्र ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । फिल्म खेल्नकै लागि मनग्ये अफर हुँदा उनले निर्देशनमा डेब्यु गरेका हुन् । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए ।

यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।

‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’, खगेन्द्रले भने ।

स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा करिब डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शकमाझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरूपण गरिएको फिल्म हो ।

फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन काठमाडाैंसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ ।

फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रूपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाइ भएको ‘पानीफोटो’ १० भदौ २०७९ अर्थात् २६ अगस्ट २०२२ मा प्रदर्शनमा आउने भएको छ ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested