English

दिनदिनै रेकर्ड बनाउँदै ‘द कश्मीर फाइल्स’



गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ ।

प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ करोड ४५ लाख भारुको व्यापार गरिसकेको छ । पहिलो दिन ६ सय मात्र स्क्रिन पाएको फिल्मले अहिले चार हजार स्क्रिन पाएको छ ।

फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले नयाँ रेकर्ड बनाउने विश्वास ट्रेड विश्लेषकहरूले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीरी पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर भइरहेको चर्चा अहिले भारतमा मात्र सीमित छैन । यो विश्वव्यापी रूपमा छलफल हुने विषय बनेको छ ।

मुसलमान बाहुल्यता रहेको कश्मीरमा भारतीय शासनविरुद्ध चलेको सशस्त्र विद्रोह नै सन् १९९० को घटनाको सुरुवात बन्न पुग्यो । अल्पसंख्यकको रूपमा कश्मीरमा रहेका कश्मीरी हिन्दुविरुद्ध लक्षित गर्दै आन्दोलन गर्न थालेपछि कश्मीरी पण्डितहरू आफ्नै घरबाट लखेटिएनन् मात्र केही मारिए पनि । र, धेरैजसो घर फर्किएका छैनन् ।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार त्यहाँ सन् २०८९ देखि सन् २०११ सम्ममा तीन सय ९९ कश्मीरी पण्डितले ज्यान गुमाइसकेका छन् । त्यहाँ रहेका पण्डितहरू न हिजो सुरक्षित थिए, न आज छन् । फिल्मले त्यहाँ रहेकालाई सुरक्षा नरहेको मात्र नभई, पुनस्र्थापना गर्न पनि सरकार चुकेको भाव व्यक्त गरेको छ । के कश्मीरी पण्डितहरू घर फर्किन पाउनेछन् त ? यो प्रश्नमार्फत फिल्मले मुद्दा उठान गरेको छ ।

सन् १९९० को त्यो समयलाई कश्मीरी पण्डितले भुल्न सकेका छैनन् नै । साथै, पलायन हुनुको आफ्नै पीडा छ । आफ्नो घरमै असुरक्षित महसुस हुँदाको समयलाई फिल्ममा चित्रण गरेइको छ । उनीहरूको त्यो पीडा र भोगाइलाई फिल्म ‘द कश्मीर फाइल्स’ ले आम मानिसकहाँ पुर्याउने कोसिस गरेको छ ।

सन् १९९० को दशकमा कश्मीरबाट अल्पसंख्यक कश्मीरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो ।

सन् १९९० को दशकमा कश्मीरबाट अल्पसंख्यक कश्मीरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो ।

पछिल्लो समय ओटिटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कमजोर भइरहेको समयमा समीक्षा र वर्ड अफ माउथकै कारण ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको हो । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मूर्तरूप दिएको हो ।

फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठूला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस शुरु गरेका छन् । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
एक्सन अवतारमा आउँदै सामन्था



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested