English

सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर २’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ । फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ । जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन् ।

समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरका मालिक देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका छन् ।

‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपियाँ दिने सहमति भएको थियो । तर उनीहरुले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,’ उनले भनेका छन् ।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपियाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो ।

फिल्म ‘गदर २’ सन् २००१ मा आएको फिल्म ‘गदर’को सिक्वेल हो । यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested