English

सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर २’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ । फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ । जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन् ।

समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरका मालिक देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका छन् ।

‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपियाँ दिने सहमति भएको थियो । तर उनीहरुले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,’ उनले भनेका छन् ।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपियाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो ।

फिल्म ‘गदर २’ सन् २००१ मा आएको फिल्म ‘गदर’को सिक्वेल हो । यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Popular
Suggested