English

हीराकाजी श्रेष्ठको ‘संसारा’ बजारमा



हीराकाजी श्रेष्ठको आत्मकथा पुस्तक ‘संसारा’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्ण शाक्य र विशेष अतिथिका रूपमा पूर्वगभर्नर तथा पूर्वसचिव दीपेन्द्र पुरुष ढकालले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा पुस्तकको समीक्षा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर काशीराज पाण्डेले गरेका थिए । पोखरेली दिदीबहिनीका संस्थापक अध्यक्ष शारदा वैद्य र पोखरेली दिदीबहिनीका वर्तमान अध्यक्ष विष्णु थकालीले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत भाषण लेखक श्रेष्ठका पत्नी रोमा श्रेष्ठले गरेकी थिइन् । प्रकाशकका तर्फबाट घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पनि कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखक श्रेष्ठ बोल्दाबोल्दै भक्कानिएर रोएपछि माहोल नै भावुक बनेको थियो । ‘परिवारले आफ्नो नाम हीरा राखे पनि अँध्यारो कसरी बन्यो र फेरि जीवन प्रकाशमय कसरी बन्यो ?’ भन्दाभन्दै सानैमा टुहुरो भएका उनले आमाबाबु सम्झेर आँसु झार्दा कार्यक्रममा उपस्थित सबै नै भावुक भएका थिए ।

कार्यक्रमको सञ्चालन घोस्ट राइटिङ नेपालकी सिर्जना शर्माले गरेकी थिइन् ।

‘विश्व खाद्य कार्यक्रम’को कर्मचारीका रूपमा उत्तरकोरिया, अफगानिस्थानदेखि अफ्रिकाका विभिन्न मुलुकमा बसेर काम गरेका श्रेष्ठले आफ्नो पुस्तकमा ती देशहरूमा रहेर काम गर्दाको अनुभव उल्लेख गरेका छन् ।

कलिलै उमेरमा अभिभावक गुमाएका श्रेष्ठले पोखराबाट काठमाडौं आएर गरेको संघर्ष र वैवाहिक जीवनमा आएको आँधीबेहरीबारे पुस्तकमा उल्लेख गरेका छन् ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको यो पुस्तक ‘संसारा’ को सम्पादन पत्रकार सन्तोष आचार्यले गरेका हुन् ।

यो पनि…
‘पिर’को अर्को पक्ष : चरित्रलाई सुरक्षाको न्याय

राजनीतिक दललाई पिरोलेका यी गीतहरू
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested