English

सीपले सिर्जना गरेको रोजगार



सीप र क्षमता परिस्कृत गर्दै जाँदा सुरज क्षेत्री यतिबेला काष्ठजन्य क्षेत्रमा राम्रो कामदारका रूपमा कहलिएका छन् । गाउँमा काठका काम गर्ने क्रममा यसबाट राम्रै कमाउने अभिलासा बोकेर उनले क्षमता बढाउन भक्तपुरमा पुगेर सीप सिके ।

सीप विकास र काममा निखार आउँदै गर्दा उनी यतिबेला सीपालु र दक्ष कामदारको रोजाइमा पर्छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका निवासी ३० वर्षीय क्षेत्री पहिला गाउँमामात्रै सीमित थिए भने अहिले जता पनि काम गर्ने अवसर पाउँदा उनी खुसी छन् ।

काठ कुँदेर विभिन्न सामग्री तयार पार्ने उनको सीप र कला देख्ने जोकोही पनि दंग पर्छन् । सात वर्षदेखि काठका सामग्री तयार पारेर जीविकोपार्जन उनी गर्छन् । काठबाट बन्ने सबैजसो सामग्री ग्राहकले भनेअनुसार नै तयार पार्ने राम्रो सीप उनमा छ ।

अहिले उनी पाल्पाको रामपुर नगरपालिकामा रहेर तीन महिनादेखि काठको काम गर्दै आएका छन् । निर्माणाधीन लक्ष्मीनारायण धर्मशाला (गुठी) को भवन निर्माणमा काठको काम गर्न उनलाई पुरातात्विक विभागबाटै झिकाएर ल्याइएको हो । उनले अहिले यहीँ बसेर भवन निर्माणमा आवश्यकतानुसारको काठको बनावट तयार पार्ने गर्छन् ।

क्षेत्री भन्छन्, ‘काठका सबैजसो सामग्री कुँदेर तयार पार्ने गरेको छु, हातमा सीप भयो भने काम पाउन समस्या छैन, अहिले विभिन्न ठाउँबाट बोलाउने गर्नुहुन्छ, विशेषगरी सामान्य भवन निर्माणभन्दा पनि ऐतिहासिक धार्मिक क्षेत्र, सङ्ग्रहालय, सत्तल निर्माणको क्षेत्रमा काम गर्ने गरेको छु ।’

उनले यसअघि काठमाडौंस्थित गौरीघाटको सत्तल, विभिन्न दरबार, ऐतिहासिक, धार्मिक सम्पदाको पुनःनिर्माण क्षेत्रमा काम गरे । काठका विभिन्न हस्तकला, सारङ्गीलगायत गाउँघरमा प्रयोगमा आउने डोको, नाम्लो, हलोका सबै सामग्रीमा उनको राम्रो सीप छ ।

पारिवारिक अवस्था नाजुक हुँदा एसएलसी उत्तीर्णपश्चात् अध्ययन बीचमै छाडेर उनी हस्तकलाका काममा लागेका हुन् । यस व्यवसायबाट उनले मासिक रु ४० हजारसम्म कमाइ गर्छन् । ‘पहिला गाउँघरमा मात्रै घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे, अहिले सीपमा बढेपछि पुरातात्विक विभागअन्तर्गतका विभिन्न भवन निर्माणमा काठका काममा खटिएको छु, यसबाट परिवारको जीविका चलेकै छ, म सन्तुष्ट छु’, उनले भने ।

काठ कुँदेर विभिन्न सामग्री तयार पार्ने उनको सीप र कला देख्ने जोकोही पनि दंग पर्छन् । सात वर्षदेखि काठका सामग्री तयार पारेर जीविकोपार्जन गर्छन् उनी । काठबाट बन्ने सबैजसो सामग्री ग्राहकले भनेअनुसार नै तयार पार्ने राम्रो सीप उनमा छ ।

बाग्लुङका ३६ वर्षीय डुलबहादुर बोहोरा यसै कार्यमा संलग्न छन् । गाउँको स्थानीय फर्निचर उद्योगमा काठका काम गर्ने बोहोरा यतिबेला सीप बढ्दै गएपछि नेपालका महत्त्वपूर्ण सम्पदा निर्माणको क्षेत्रमा काम गर्छन् । उनी गत साउनदेखि रामपुरमै रहेर काठका सामग्री कुँदेर बनाउने गर्छन् । काठका सामग्री तयार पार्ने बोहोरालाई यतिबेला यस काममा भ्याइनभ्याइ छ ।

‘काठको काम गर्न थालेको पाँच वर्ष भयो, हातमा सीप भयो भने जताततैबाट काम आइरहन्छ, काम गर्दै जाँदा सीप पनि बढ्दै गयो, अहिले पुरातात्विक विभागसँग जोडिएपछि विभिन्न स्थानका सार्वजनिक तथा धार्मिक सम्पदाको क्षेत्रमा काठका काममा व्यस्त छु’, उनले भने ।

सुर्खेतका ३७ वर्षीय कृष्णबहादुर बुढा तीन महिनादेखि रामपुरमा मजदुरी गर्छन् । १३ वर्ष भारतमा मजदुरी गरेका कृष्णबहादुरले तीन वर्षदेखि घर भवन निर्माणको क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्दै आएका छन् । भारतमा आठ वर्ष मजदुरी गरेर स्वदेश फर्किएका कैलालीका २८ वर्षीय भीम साउद पनि अहिले रोजीरोटीलाई रामपुरमा भवन निर्माणको क्षेत्रमा खटिएका छन् ।

परिवारको आर्थिक अवस्था नाजुक हुँदा ८ कक्षा सम्मको शिक्षा लिएका साउदले भारतको मजदुरी छाडेर नेपालमै काम गर्ने मनसाय बोकेर यस क्षेत्रमा संलग्न छन् । ‘भारतमा बगाएको पसिना र मेहेनत आफ्नै देशमा गरियो भने देश बन्छ, अर्काको गाउँठाउँमा दुःख पर्दा सहयोगी हात कोही हुँदैनन्, कमसेकम नेपालमै भए त एकले अर्काको सहयोग र साथ पाइदोरहेछ’, उनले भने ।

हाल रामपुरको लक्ष्मीनारायण धर्मशाला निर्माण क्षेत्रमा पुरातात्विक विभागअन्तर्गत १४ जनाको समूह परिचालित छ । अहिले भवन तथा घर निर्माणको क्षेत्रमा युवा पिँढीको संलग्नता बढी देखिन्छ । हातमा सीप भएकाले यस क्षेत्रबाटै राम्रै कमाइ गरिरहेका छन् । न्यून आय भएका नागरिकको रोजीरोटीको माध्यम नै घर तथा भवन निर्माण बनेको छ । यसैबाट मजदुर वर्गको परिवारको जीविका चलेकै छ ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested