English

‘पिर’को अर्को पक्ष : चरित्रलाई सुरक्षाको न्याय



प्रकाश सपूतको गीत विवादमा परिरहँदा सुरक्षा पन्तको अभिनयको भने चर्चा चुलिएको छ । कहिले भूतको, कहिले लडाकुको अभिनय, त कहिले गृहिणीको अभिनयले दर्शकलाई फरक चरित्रको स्वाद पस्किएर आफूलाई अब्बल अभिनेत्रीको रूपमा साबित गरिसकेकी छिन् ।

प्रायः सिर्जनात्मक स्क्रिप्टमा काम गर्न रुचाउने अभिनेत्रीमा पर्छिन्, पन्त । ६ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘अझै पनि’ बाट उनले अभिनय यात्रा शुरु गरेकी थिइन् । निर्देशक आलोक नेम्वाङले ‘अझै पनि’ मार्फत उनलाई कलाकारिता क्षेत्रमा डेब्यु गराएका थिए ।

चलचित्र ‘आमा’को अभिनयपछि उनको अभिनयलाई धेरै दर्शकले रुचाए । इन्जिनियरिङमा मास्टर गरेकी पन्त कलाकारिता क्षेत्रमा प्रवेश गरेको ६ वर्ष पूरा भयो । ‘धनपति’, ‘गोपी’ र ‘आमा’ लगायतका चलचित्रहरूको अभिनयमार्फत चर्चा कमाउन सफल अभिनेत्री पन्तको अभिनयको चर्चा पूर्ण चुलिएको छ ।

दीपेन्द्र लामा
निर्देशक

सुरक्षाले हरेक चरित्रलाई एकदमै राम्ररी बुझेर अभिनय गर्छिन्, उनले हरेक चरित्रलाई न्याय पनि दिएकी हुन्छिन् ।

यही फागुन २७ गते सार्वजनिक भएको गीत ‘पिर’ले एकदमै चर्चा कमाइरहेको छ । यस गीतको चर्चासँगै अभिनेत्री पन्तको अभिनयको तारिफ पनि उत्तिकै मात्रामा भइरहेको छ । उनले पिरमा माओवादी जनयुद्धको एक लडाकुको भूमिका निर्वाह गरेकी छिन् । जसमा देश र गणतन्त्रको लागि लडेकी उनी जीविकोपार्जनका लागि बिदेसिनु परेको छ ।

पन्तसँग सहकार्य गरेका निर्देशक दीपेन्द्र लामा सुरक्षाको अभिनय शैली एकदमै राम्रो रहेको बताउँछन् । ‘सुरक्षाले हरेक चरित्रलाई एकदमै राम्ररी बुझेर अभिनय गर्छिन्, उनले हरेक चरित्रलाई न्याय पनि दिएकी हुन्छिन् ।’

पछिल्लो समय उनले अभिनय गरेको गीत ‘पिर’मा भने उनको अभिनय औसत रहेको लामा बताउँछन् । ‘गीत एकदमै राम्रो छ, सम्पूर्ण टिमको मेहनत गीतमा झल्किएको छ ।’ लामा भन्छन् ‘सुरक्षा र मेरो सहकार्य रहेको चलचित्र गोपीमा पनि उनको अभिनय राम्रो छ ।’

पन्तको अभिनय रहेको गीत पिर मैले हिजो हेरे, उहाँ र प्रकाश सपूत दुवै जनाको अभिनय मलाई एकदमै मन पर्यो । उहाँको अभिनय शैली एकदमै सिर्जनात्मक हुन्छ ।

खगेन्द्र लामिछाने
अभिनेता

सुरक्षा पन्तले अहिलेसम्म अभिनय गरेका चलचित्र तथा म्युजिक भिडियो प्रायः सबै उत्कृष्ट हुने गरेको अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । ‘उहाँले अभिनय गरेको हरेक चरित्र राम्रो छ । तर, उहाँ र मेरो सहकार्य रहेको चलचित्र ‘धनपति’को अभिनय भने मलाई अलि बढी मनपर्छ ।’

‘पन्तको अभिनय रहेको गीत पिर मैले हिजो हेरे, उहाँ र प्रकाश सपूत दुवै जनाको अभिनय मलाई एकदमै मन पर्यो ।’ लामिछाने थप्छन् ‘उहाँको अभिनय शैली एकदमै सिर्जनात्मक हुन्छ ।’

दीपेन्द्र के खनाल
निर्देशक

यस गीतले समाजको यथार्थलाई ऐना जसरी छर्लङ्ग देखाएको छ, त्यसैले सबैले यसलाई आत्मसाथ गर्नुपर्छ ।

प्रकाश सपूतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको केही समयपछि नै हेरेर आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘प्रकाशजी र सुरक्षाजी दुवैको अभिनय उत्कृष्ट छ त्यसको साथै गीतको कथा पनि साह्रै राम्रो छ ।’

समाजको यर्थाथलाई गीतले झल्काएको छ । सर्जकहरूको कर्तव्य नै समाजको यथार्थलाई चलचित्र, गीत, कथा र कवितामार्फत देखाउने भएकोले यसलाई सबैले स्विकार्नुपर्ने खनाल बताउँछन् । ‘यस गीतले समाजको यथार्थलाई ऐना जसरी छर्लङ्ग देखाएको छ, त्यसैले सबैले यसलाई आत्मसाथ गर्नुपर्छ ।’

सुरक्षाको अभिनय शैली त सबै दर्शकले मन पराएकै छन् । ‘आमा’ चलचित्रमा रहेको एउटा दृश्य छ जसमा अस्पतालबाट आफ्नो मृत बुबाको लास झिक्नको लागि दराजमा रहेको सबै गरगहना झिक्ने क्रममा श्रीमान्सँग भएको संवादहरू छ त्यो एकदमै राम्रो लागेको दीपेन्द्र सुनाउँछन् । ‘उनले हरेक चरित्रलाई न्याय दिएकी हुन्छिन् ।’

यो पनि…
राजनीतिक दललाई पिरोलेका यी गीतहरू
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested