English

एउटा आलुको फोटोको मूल्य १२ करोड !



एउटा फोटोको मूल्य सुन्दा तपाईं चकित पर्नुहुनेछ जसको मूल्य रहेको छ, १२ करोड रुपैयाँ । सुन्दा पत्याउनै नसकिने यो फोटो एक आइरिस सेलिब्रेटी फोटोग्राफर केबिन एबोसले खिचेका हुन् । उनले एक आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । एबोसले आफूले खिचेको उक्त अर्गानिक आलुको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।

उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसुफजाईमा पनि समावेश छ ।

आलुको प्रिन्टको तीन भर्सन रहेको छ । आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्काे फोटो भने उनले सर्भियाको एक म्युजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलोपटक नभएको पनि एबोसले प्रष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको र वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराएपछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई केबिन एबोसले बताएका हुन् ।
यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested