एउटा आलुको फोटोको मूल्य १२ करोड !



एउटा फोटोको मूल्य सुन्दा तपाईं चकित पर्नुहुनेछ जसको मूल्य रहेको छ, १२ करोड रुपैयाँ । सुन्दा पत्याउनै नसकिने यो फोटो एक आइरिस सेलिब्रेटी फोटोग्राफर केबिन एबोसले खिचेका हुन् । उनले एक आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । एबोसले आफूले खिचेको उक्त अर्गानिक आलुको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।

उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसुफजाईमा पनि समावेश छ ।

आलुको प्रिन्टको तीन भर्सन रहेको छ । आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्काे फोटो भने उनले सर्भियाको एक म्युजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलोपटक नभएको पनि एबोसले प्रष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको र वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराएपछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई केबिन एबोसले बताएका हुन् ।
यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू