English

काँक्रोमा यस्ता छन् फाइदाजनक गुणहरू



काँक्रोभित्र धेरै फाइदाजनक गुणहरू रहेका छन्, जसले अनुहारमा आउने दागलाई हटाउन मद्दत गर्छ । यसमा भिटामिन ‘सी’, भिटामिन ‘ए’, जेक्सान्थिन ल्युटिन र क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जुन अनुहारलाई सुन्दर राख्न निकै फाइदाजनक हुन्छ ।

यदि, तपाईं पनि अनुहारमा आउने दागहरूबाट चिन्तित हुनुहुन्छ भने घरमै काँक्रोको प्रयोग गरी फेसप्याकहरू बनाउन सक्नुहुन्छ । यसलाई फेसप्याक कसरी बनाउने जानौँ ।

काँक्रा र टमाटरको फेसप्याक

यो फेसप्याकलाई सजिलो तरिकाले घरमै बनाउन सक्नुहुन्छ । यसका लागि आधा पाकेको टमाटर र ३–४ वटा काँक्राको चानालाई छिलेर दुवैको पेस्ट बनाउनुहोस् ।

पेस्टलाइ अनुहार र घाँटीमा लगाई एक मिनेटसम्म मसाज गरी १५ मिनेटसम्म त्यत्तिकै छाडनुहोस् । १५ मिनेटपछि आफ्नो अनुहारलाई सफा पानीले धुनुहोस् । टमाटर र काँक्रोको फेसप्याकले तपाईको अनुहारको छालालाई चम्किलो बनाउँछ ।

काँक्रो र महको फेसप्याक

यो फेसप्याक बनाउनको लागि १ चम्चा ओट्स ३,४ वटा काँक्रोको चाना र आधा चम्चा मह लिई राम्ररी मिलाएर पेस्ट तयार गर्नुहोस् । तयार पेस्टलाई लगभग १५ मिनेटसम्म आफ्नो अनुहारमा लगाउनुहोस् र सफा पानीले धुनुहोस् । यस फेसप्याकको प्रयोगले अनुहारमा हुने सुक्खापनलाई हटाउँछ ।

काँक्रो र एलोभेरा जेलको फेसप्याक

काँक्रो र एलोभेरा जेलको फेसप्याक बनाउनको लागि १ चम्चा एलोवेरा जेल र ३–४ चम्चा काँक्रोको पेस्टलाई लिएर एउटै भाँडोमा राम्ररी मोल्नुहोस् । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाउनुहोस् । लगाएको करिब १५ मिनेटपछि सफा पानीले धुनुहोस् । यस फेसप्याकको प्रयोगले छालामा चमक आउनेछ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested