English

निगालो र बाँसका घरायसी सामग्री बनाउने नरबहादुर कैनी भन्छन्– सीपको सम्मान भएन



डडेल्धुराको अमरगढी नगरपालिकाको–७ का नरबहादुर कैनी दैनिकजसो निगालो र बाँसबाट विभिन्न सामग्री बनाउँछन् । एकाबिहानै सुरु हुने उनको यो पेसा अबेर साँझसम्म निरन्तर जारी रहन्छ ।

डडेल्धुरामा नपाइने भएपछि दुई दिन लगाएर नरबहादुर बझाङको बित्थडचिर गाउँपालिकाबाट निगालो ल्याएर आएका हुन् । ‘डडेल्धुरामा लोप भइसक्यो । पहिले त पाइन्थ्यो, अहिले पाइँदैन । निकै मेहनत गरेर ल्याएर आएँ’, उनले भने।

उनी भन्छन्, ‘बुबाबाजेको समयादेखि यही पेसा अँगालेको थियो । मैले पनि बाजेबाट यही सिकेँ । हामीहरूसँग सीप छ । तर, सीपको सम्मान भएन ।’

बजार भाउ नभएर अधिकाशं व्यक्ति विदेश प्लाएन भइसकेको डम्बर पार्की बताउँछन्। उनले पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा समेत यो पेशा संकटमा परेको बताए। ‘मलाई बनाउन आउँछ। बिक्रि गर्न समस्या हुन्छ भनेर दाजुभाई भारत गएका छन्। अब उनीहरूले त बनाउन पनि जान्दैनन्,’ उनले भने ।

निगालो र बाँसका घरायसी सामग्रीहरू बनाएर बिक्री गर्ने उनी जस्तै सिंगो गाउँका नागरिक अहिले चिन्तित छन् । पछिल्लो समयमा निगालो र बाँसको सहज आपूर्ति नहुँदा पेसा संकटमा पर्दै गएको उनीहरू बताउँछन् ।

कृषिजन्य निगालो र बाँसका घरायसी सामानहरू बनाएर आर्थिक उपार्जन गर्ने गरे पनि पछिल्लो समयमा बिक्री वितरण गर्न समस्या हुने गरेको कमल कैनी बताउँछन् । ‘अहिले बजारमा धान, गहुँ भण्डारण गर्न टिन र प्लाष्टिकका ड्रम तथा भाँडा आएर होला बिक्री गर्न निकै समस्या छ,’ उनले भने ।

बजार भाउ नभएर अधिकाशं व्यक्ति विदेश प्लाएन भइसकेको डम्बर पार्की बताउँछन्। उनले पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा समेत यो पेशा संकटमा परेको बताए। ‘मलाई बनाउन आउँछ। बिक्रि गर्न समस्या हुन्छ भनेर दाजुभाई भारत गएका छन्। अब उनीहरूले त बनाउन पनि जान्दैनन्,’ उनले भने ।

करिब तीन सय परिवारको हातमुख जोडने पेसाको रूपमा रहेको बेतबाँस निगालोको लागि बझाङको बित्थडचिर, महाभारत पर्वत श्रृंखलामा गएर ल्याउनु पर्ने र सामान बनाएपछि बजारमा सस्तो र सहज रूपमा उपलब्ध हुने प्लाष्टिक वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पेसा संकटमा परेको सुनिल कैनी बताउँछन् ।

आफूहरूको पेसा संरक्षण गर्न र आफूहरूले बनाएको सामाग्री बिक्री वितरणका लागि स्थानीय सरकारले समेत सहयोग नगरेको उनको आरोप छ । सामग्री बनाएर गाउँगाउँ डुलाएर बिक्री गर्नुपर्ने बाध्यता राम कैनी सुनाउँछन्। उनी भन्छन्, ‘होम डेलिभरी गरे साँझ बिहान खान पाइन्छ । नत्र पाइँदैन् । होलसेलमा लैजान अहिलेसम्म व्यपारी आएका छैनन् ।’

यो पनि पढ्नुहोस्
पूर्व राजपरिवारप्रति सेलिब्रिटीको आकर्षण किन ?
हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव
‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested