English

हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव



दसैं नसकिदै किसानलाई धान बाली भित्र्याउन चटारो छ । वर्षदिन मेहनत गरी फलाएको बालीलाई गए राति परेको अविरल वर्षाले ठूलो नोक्सान पुर्याएको छ । काटेर भित्र्याउन ठिक्क पारेको धानबाली पानीले क्षति पुर्याउँदा किसान मारमा परेका हुन् ।

काटेर थ्रेसिङ गर्न बाँकी रहेकोे धानबालीमा वर्षाका कारण ठूलो क्षति पुगेको कैलाली भजनी नगरपालिकाका कृषक केवल चौधरीले बताए । २ बिगाहामा लगाइएको धानखेती र वर्षभरीको मेहनत खेर जानेमा उनले चिन्ता व्यक्त गरे । सोही नगरपालिका वडा नं.८ सोनाफाँटाकी कृष्णा चौधरीले ४ बिगाहामा लगाइएको धान बालीमा क्षति पुगेको बताइन् । ‘वर्षदिनको मेहनतको फल लिने बेलामा आएको अविरल वर्षाले धानबाली नष्ट हुनेभयो,’ उनले चिन्ता व्यक्त गरिन् ‘यो वर्ष भोकमारी हुन्छ, ८ कठ्ठा काटेको धान डुबानमा छ, नकाटेको धान हावाहुरीले ढलाएर क्षति पुगेको छ ।’ उनले थपिन् ‘हावाहुरीले ढलाएको धानबालीको के आशा गर्नु, पानीमै उम्रिन्छ ।’ पानीले क्षति पुगेको धानको मूल्य घट्ने र उत्पादन लागत पनि नउठ्ने उनको भनाई थियो ।

निरन्तर पानी परिरहेकाले काट्ने तयारीमा रहेको धान मौसम नखुलुञ्जेल नकाट्न किसानलाई बोहराको सुझाव छ । ‘नकाटेको धान काट्न हतार गर्न भएन, एक–दुई दिन मौसम खुल्नको लागि कुर्नुपर्छ, ’ बोहराले भने, ‘किसानले काटेको धान पानीबाट निकालेर सुरक्षित स्थानमा राख्नु पर्ने देखिन्छ ।’

किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर धानबालीलाई बेमौसमी वर्षाले नोक्सान पु¥याएको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहरा बताउँछन् । ‘ ठ्याक्कै के–कति क्षति भयो भन्ने एकिन नभएपनि अनुमानित १० हजार हेक्टर क्षेत्रफलमा क्षति भएको देखिन्छ, अझै विवरण आउन बाँकी छ,’ उनले भने, ‘पानी परिरहेकाले क्षतिको विवरण संकलन गर्न समस्या छ, तर स्थानीय तहका साथीहरु फिल्डमै छन् ।’

किसानले ३० देखि ४० प्रतिशत धान बाली मात्र भित्र्याउन पाएको उनले बताए । बाँकी धान खेतमै छ । ‘खडा भएको धानमा त्यति क्षति नपुगेपनि काटेर सुकाउन राखेको र भित्र्याउन नपाएको धानमा नराम्ररी नोक्सानी पुगेको छ’, मौसम खुलेमा क्षति कम हुनसक्ने बताउँदै बोहराले भने, ‘धान, केरा र अगौटे तरकारी बालीमा समेत पानीले क्षति पुर्याएको छ ।’

निरन्तर पानी परिरहेकाले काट्ने तयारीमा रहेको धान मौसम नखुलुञ्जेल नकाट्न किसानलाई बोहराको सुझाव छ । ‘नकाटेको धान काट्न हतार गर्न भएन, एक–दुई दिन मौसम खुल्नको लागि कुर्नुपर्छ, ’ बोहराले भने, ‘किसानले काटेको धान पानीबाट निकालेर सुरक्षित स्थानमा राख्नु पर्ने देखिन्छ ।’

समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएका भएपनि अहिले उक्त परिणाममा धान भित्र्याउन नपाउने बोहराको भनाई छ । उत्पादन भएको धानबालीसमेत राम्रो मूल्य पाउन नसक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने बोहराले बताए । ‘धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने भएकाले सरोकार वालाले ध्यान दिनुपर्छ ।’ उनले भने ।

धान मात्र नभएर कुनै पानी बाली भित्र्याउनु अगावै मौसमबारे जानकारी लिएर मात्र कटान सुरु गर्नुपर्ने बोहराको सुझाव छ । ‘पानी पर्नु अगावै मौसम पूर्वानुमान महाशाखा जानकारी दिने भएकाले किसानले आगामी दिनमा यस्ता कुरामा ध्यान दिनुपर्छ ।’

तस्वीरः रासस/राजु चौधरी

यो पनि पढ्नुहोस् :
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested